• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

टुटलका प्रमुख शिक्षित भट्ट पक्राउ



काठमाडौँ । राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । विश्वासघात गरेर प्रतिलिपि अधिकार हनन गरेको कसुरमा उनलाई पक्राउ गरिएको हो ।

मुद्दा टुटल र टुटल बाई ग्यापसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ । भट्टविरुद्ध उनीसँगै कम्पनीमा शेयर सदस्य रहेका ४ जनाले जाहेरी दिएको बताइएको छ ।

राइड शेयरिङ एप टुटल नाकाबन्दीपछि नेपालमा सञ्चालनमा आएको थियो । तर पठाओसहितका केही राइड सेयरिङ एप पनि सञ्चालनमा आएपछि बन्द भएको टुटल अहिले अर्कै कम्पनीमार्फत पुनः सञ्चालनमा आएको छ ।