२८ मंसिर २०८२, आईतवार
,
Latest
एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको विदाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले यू-१९ विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टोलीलाई विदाई गरेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले दक्षिण अफ्रिकामा हुनलागेको आइसीसी यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको विदाई गरेका हुन् ।

यू-१९ टिमका कप्तान देव खनालले विश्वकपको तयारी राम्रो रहेको बताएका छन् । उनले विश्वकप खेल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताउदै भने ‘यू-१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ । आशा छ राम्रो प्रदर्शन गर्छौं । एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं’।

जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालसँगै समूह ‘डी’ मा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा खेल्नेछ ।

त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म-अप खेलहरु खेल्ने छ ।

नेपाली यु १९ टोली

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द