५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

20.27°C

काठमाडौं

20.27°C

Kathmandu

Feels-like: 20.52

Wind: 2.06

Humidity: 83

तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ करोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुन-चाँदीको मूल्य स्थिर रहेको छ । आज सुन-चाँदीको मूल्य यथावत रहि बिहिबार कै मूल्यमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला एक लाख १९ हजार पाँच सय र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँमा करोबार भइरहेको छ । बिहिबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।