काठमाडौ । सरकारका प्रमुख कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिनु भएको छ । खरेलले राजीनामा बारेमा दिउसो १ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गर्नुभएको छ ।
न्यूजपोलार संग कुरा गर्दै खरेलले १ बजे केही नया बिषयमा जानकारी गराउनु भयो । फेरी सक्रिय राजनीतिमा फर्कन भन्दै खरेलले राजीनामा गर्नुभएको उहानिकट ब्यक्तिले जनाएका छन् ।











