११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

सदाचारी राजनीतिको युग बितिसकेको छ,हामी चिसो बहानामा बाँचीरहेका छौं – पूर्वराजा ज्ञानेन्द्र

सदाचारी राजनीतिको युग बितिसकेको छ,हामी चिसो बहानामा बाँचीरहेका छौं – पूर्वराजा ज्ञानेन्द्र
अ अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू अन्त कतै नगई नेपालभित्रै रहेको भन्दै नेपालीको सुख दु:ख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियाली रहेको बताउनुभएको छ ।

भैरहवामा आफ्नो अभिनन्दनका लागि आयोजित कार्यक्रममा उहाँले आफू जता गए पनि आफूलाई आउन र देश बचाउन आग्रह गरेको उल्लेख गर्दै भन्नुभयो, “यहाँ खडा भएर म भन्दछु— म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन— सदा सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु । नेपालीहरुको सुख दु:ख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेकोछु ।”

बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं यु्वाजनशक्ति विदेशिएका छन् भन्दै पूर्वराजा ज्ञानेन्द्रले देशको माया नभइ अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो भन्नुभयो ।

“सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचीरहेका छौं । नेपालभित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ — नेपाल राष्ट्रको एकिकरण देखि आधुनिकिकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन”, उहाँले भन्नुभयो, “त्यसैले के गर्दा र के कस्तो विधी व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ — त्यो हामी आफैँले तय गर्ने विषय हो । हामी सबैको दृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ ।”

लुम्बिनीमा पूर्वराजा शाहले व्यक्त गर्नुभएको सम्बोधनको पूर्णपाठ यस्तो छ :

उपस्थित महिला तथा सज्जनवृन्द, पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आयोजक — प्रबन्धकर्ता सबैमा धन्यवाद ।

नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश — सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश । अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश । यस्तो
सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति — मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कताकता हराइरहेकाछौं — कताकता आफै हारिरहेकाछौं ।

म जता जाउँ जहाँ पुगौं — जनआवाज उठेको सुन्छु— मलाई आउ हाम्रो देश बनाउ र देश बचाउ — देशको सभ्यता र समृद्धि बढाउ । यहाँ खडा भएर म भन्दछु— म बोलिरहेछु, देश
बनोस्, देश बचोस्भन्ने आफ्ना पुख्र्यौली भावना इच्छा आकाँक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन— सदा सदा नेपालीका साथमा छु — नेपाल भित्रै छु —नेपालीहरुको सुख दु:ख,
सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालीरहेकोछु ।

समाज, कानून र व्यवस्था विना अस्तित्वमा रहनु हुँदैन । देश सुहाउँदो र बलियो आविष्कारहरु मार्फत अगाडी बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ । बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं यु्वाजनशक्ति बिदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो ।

यस्तो अवस्थाको अन्त हुनु पर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप , शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेकोछ । देशलाई खोक्रो पार्ने गरि चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नै पर्दछ । राष्टिय उत्साह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरुषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरबशाली देश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्नै — अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ ।

हाम्रा बुढापाका, अनुभवीहरुको विचार भन्नु पर्दा हाम्रोराष्ट्रकोअस्तित्व माथि आज खिया लाग्दै गइरहेको छ — हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।

सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचीरहेका छौं । नेपाल भित्र हुने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ, भित्र तथा बाह्य शक्तिको टेको चाहिन्छ, भन्ने एउटा भाष्य पनि हामी कहाँ छ तर हामीलाई लाग्दछ — नेपाल राष्ट्रको एकिकरण देखि आधुनिकिकरण सम्मका यावत प्रकृयामा हामी नेपालीहरु कै बलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन ।

त्यसैले के गर्दा र के कस्तो विधी व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ — त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैकोदृढ प्रयत्न यसै अनुरुप हुनु पर्दछ भन्ने हामीलाई लाग्दछ । त्यसैले म भन्दछु , आउँ अब हामी सबै एकै ठाउँमा उभियौं अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौं । देश हामीले नै बनाउने हो — हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।

हामी मात्र ठीक अरु बेठीक हाम्रो बाटो मात्रै सुबाटो अरुको कुबाटो भन्ने द्धन्द, विग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिडौं । हामी सबैको भविष्य,
सुख शान्ति यसैमा छ ।

विगतको सबै दु:ख बिर्सिदेउँ ,
मायाले मायालाई भरिदेउँ,
घृणाको आगोलाई कर्त जलाइ देउँ,
पहिले यो आगोलाई मिलेर निभाइ देउँ,
भाग्यको सिमा हँदैन, हुनु पनि हुँदैन,
अब भाचिएको टुक्राहरु जोडी देउँ,
उत्पीडनको गुनासो कहिले सम्म सुन्ने,
पहिले अन्याय अत्याचार मुक्त गरिदेउँ,
अनुहार फेरि फेरी षडयन्त्र नगर,
त्यस्ताको चालबाट आफुलाई बचाइदेऊँ
सबैमा फेरि एकपटक हाम्रो धन्यवाद ,
जय नेपाल।

https://www.facebook.com/newspolar/videos/1619092525288275