१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा ओरालो यात्रा जारी



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज आठ दशमलव सात एक अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव २८ मा सीमित भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव १२ अङ्कले ओरालो लागेर तीन सय ७९ दशमलव १६ मा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको सेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको सेयर मूल्यमा भने गिरावट आएको छ । कुल एक करोड ६० लाख ५२ हजार एक सय एक कित्ता सेयर रु पाँच अर्ब ५८ करोड ११ लाख सात हजार आठ सय चार मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्षस्थानमा छ । सो कम्पनीको रु ३३ करोड ४५ लाख १५ हजार छ सय ४५ बराबरको सेयर कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु १९ करोड ४८ लाख २६ हजार छ सय ८८, माउण्टेन इनर्जी रु १८ करोड ६४ लाख ८५ हजार चार सय ७३, एनआरएन इन्फास्ट्रचर रु १६ करोड २९ लाख ३८ हजार चार सय ४४ र युनाइटेड आइडीआई मर्दी आरबी हाइड्रोपावर रु १५ करोड ६९ लाख तीन हजार नौ सय २६ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार कालिका पावर कम्पनी, सिङ्गटी हाइड्रो नेपाल बेयर हाउस कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । मुक्तिनाथ कृषि कम्पनी नौ दशमलव ९८ र बिन्दबासिनी हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ३१ प्रतिशतले कमाएका छन् ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्यारेन्स छ दशमलव ५६, मन्दकानिकी हाइड्रोपावर पाँच दशमलव ८०, नेपाल दूरसञ्चार कम्पनी पाँच दशमलव ४५, जानकी फाइनान्स पाँच दशमलव २८ र युनिलिभर नेपालका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् । सेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब ८३ अर्ब ४१ करोड ६९ लाख ४४ हजार चार सय ५९ बराबर पुगेको छ । रासस