१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले जापान पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले रकम ठगि गरेको आरोपमा झापा घर भई बानियाटार बस्ने गणेश कुमार कुलुङ राईलाई पक्रँउ गरेको हो । राई भक्त बहादुर राई समेत २ जनालाई वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भन्दै छ लाख पचास हजार रुपैयाँ लिई फरार भएका थिए ।

राईलाई माछापोखरीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।