२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालीमा ट्वीट गर्दै भारतीय विदेशमन्त्रीले भने- नेपाल आउन पाउँदा खुसी छु



अ+ अ-

काठमाडौं: नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेश मन्त्री डा एस जयशंकरले सन् २०२४ को पहिलो भ्रमणको रुपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित रहेको बताउनु भएको छ ।

नेपाल भ्रमणको पूर्वसन्ध्यामा उहाँले ट्वीट गर्दै आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि उत्साहित रहेको पनि बताउनु भएको छ ।

नेपालका परराष्ट्र मन्त्री एन पी साउदको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदशमन्त्री जयशंकर नेपाल आउनु भएको हो । उहाँले नेपाल र भारतबीचको सातौं संयुक्त आयोगको बैठकको सहअध्यक्षा गर्ने, नेपाल र भारतबीचका विभिन्न परियोजनाको समीक्षा गर्ने तथा नयाँ समझदारी र सम्झौता गर्ने कार्यक्रम छ ।