२१ मंसिर २०८२, आईतवार
,
Latest
मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अयोध्यामा नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने



अ+ अ-

नयाँदिल्ली । अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।

मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।

तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ ।

मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उहाँको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।

मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनाइएको छ ।

मन्दिरका स्तम्भ तथा पर्खालहरू देवी देवताहरूको मूर्तिहरू सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्ट लगायतकोे व्यवस्था गरिएको छ ।

सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिरहरू बनाइएको छ । उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमान्जीको मन्दिर रहनेछ ।