• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

सन्दीपलाई अदालतले सजाय तोकेपछि मात्र क्यानले औपचारिक निर्णय गर्ने



फाईल फोटो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेबारे २५ पुसपछि मात्र औपचारिक निर्णय गर्ने बताएको छ ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न जिल्ला अदालत काठमाडौंले २५ पुसमा पेशी तोकेको छ । अदालतको निर्णयपछि मात्र क्यानले सन्दीपबारे धारणा राख्ने क्यानका सचिव पारस खड्काले जानकारी दिए ।

सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको बताउदै उनले भने, ‘हाम्रो लयरले सन्दीपको लयरसँग कुराकानी गर्दा क्यानले अहिले अफिसियल स्टेटमेन्ट निकाल्नुभन्दा पहिला उनीमाथी हुने कैद सजाय के कति हुन्छ भन्ने भएपछि मात्र म र अध्यक्षबीच कुरा हुँदा औपचारिक स्टेटमेन्ट दिने कुरा भएको छ । २५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं ।’