२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

सर्वाेच्चकाे निर्णयपछि प्रधानमन्त्रीले नैतिक दायित्व लिनु पर्दैन ? नेपाली कांग्रेस (भिडियो सहित)

सर्वाेच्चकाे निर्णयपछि प्रधानमन्त्रीले  नैतिक दायित्व लिनु पर्दैन ? नेपाली कांग्रेस (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले प्रतिनिधिसभा पुनर्स्थापित भएपछि विघटन गर्ने प्रधानमन्त्रीले नैतिक दायित्व लिँदै मार्गप्रशस्त गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक खाँडले प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशसंगै नैतिक उत्तरदायित्व लिएर सरकार गठनको मार्गप्रशस्त गरिदिनुपर्ने बताउनुभएको हो । 

उहाँले त्यसकार्य तर्फ सदनको ध्यान जानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो “सर्वोच्च अदालतले सरकारको कदमलाई असंबैधानिक भनेपछि प्रधानमन्त्रीले यसको नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन ? त्यसका लागि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्न पर्छ कि पर्दैन ? यता तिर सदन गम्भीर बनोस ।”

उहाँले संविधानको जगमा नै बनेको सरकार भएकाले संसदको गतिविधिलाई गतिशिल बनाउने र सम्मान गर्ने दायित्व सरकारको पनि भएको बताउनुभयो । तर सरकार बने देखि नै वर्तमान सरकारले निरन्तर संविधानमाथि प्रहार गर्ने काम गरेको दाबी उहाँले गर्नुभयो । पहिलो दिनबाट विचार र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको सरकारले अग्रमन गरेको छ कि प्रतिगमन गरेको छ  भन्दै छातीमा हात राखेर संविधानको किताबमा हात राखेर एकपटक सोच्न आग्रह गर्नुभयो । 

सरकारले सामान्य शिष्टाचार पनि नगरि भूमिगत शैलीमा जनप्रतिनिधिहरुको स्थल संसदको अधिवेशन नै अन्त्य गरेको र हिउँदे अधिवेशन कुर्दै गर्दा आलोचना सुन्नुपर्छ भनेर एलौटी ढंगले प्रतिनिधिसभा नै विघटन गरेको तर्क उहाँले गर्नुभयो । उहाँले महिला हिंसा तथा एसिड आक्रमणका अपराधीलाई कारवाही गर्ने सवालमा सरकारलाई आफ्नो पार्टीको सधै साथ रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “सरकारले सदनमा कुनै विधेयक अगाडि बढाउन चाहदैन ।  विल ल्याउन नै चाहदैन । अत्तोथापेर पहिलो बैठकमा ल्याउन पाएनौ त्यसकारण हाम्रो रिर्जभेसन छ भन्नुहुन्छ । एसिड आक्रमण संग सम्बन्धी, अपराधीलाई कडा कारवाही होस् त्यसका लागि हाम्रो पार्टी सधै तपाईको साथमा छ । ”

संविधानको प्रावधान विपरित वर्तमान सरकारले प्रतिनिधिसभा विघटन गर्ने कदमलाई पार्टीले असंबैधानिक, अलोकतान्त्रिक, सर्वसत्तावाद, निरशंकुकताप्रेरित कार्य भनेको स्मरण गर्दे उहाँले संविधानलाई सफल बनाउने बाहेकको विकल्प कसैसंग नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टीको संसदीय व्यवस्थाप्रति पुर्ण विश्वास रहेको भन्दै उहाँले कसैले अधिनायकवाद, सर्वसत्तावाद र तानाशाह ल्याउँछु भनेर नसोच्न चेतावनी दिनुभयो ।

उहाँले संविधान र संसदलाई सफल बनाउने विषयमा मनबाट लाग्न पनि सबै दल तथा नेताहरुलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “संविधानलाई बदल्छु, नेपालमा अधिनायकवाद ल्याउँछु, नेपालमा सर्वसत्तावाद ल्याउँछु र नेपालमा तानाशाह ल्याउँछु, मानसपटलबाट निरंकुशताको दिशामा बढ्छु भन्ने सबै नेताहरु नेपालमा असफल भएका छन् । त्यही बाटोमा अगाडि नबढ्नुहोस्।” उहाँले नेपाली कांग्रेस मधेसको समस्या साधान गर्न र संविधान संसोधन गर्न तयार रहेको प्रसंग उल्लेख गर्दे उहाँले एकअर्कालाई दोषारोपण गर्नुभन्दा पनि संविधान कार्यान्वयनमा सबैले जोड दिनुपर्ने ।

उहाँले भन्नुभयो “शान्ति सम्झौता र शान्ति प्रक्रियामा हामी पुर्ण प्रतिवद्ध छौ । अहिले पनि हाम्रो कमिटमेण्ट छ । तर जतिखेर यो हलमा अध्याँरो अनुहार लगाएर मलिनो अनुहार लगाएर केही नेताहरु बस्नुभएको थियो । उहाँहरु विभिन्न वहानामा यो शान्ति प्रक्रिया ध्वस्त पार्न । शान्ति प्रक्रियालाई अवरोध गर्न लागिरहनुभएको छ । समय आयो भने ती दल र नेताहरुको नाम पनि भनौला । ”

उहाँले प्रधानमन्त्रीले ९ महिना अघि संसदमा उभिएर ३ महिना भित्र सबै नागरिकलाई कोभिड भ्याक्सिन लगाउने भने पनि अहिलेसम्म नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो “यसै रोष्टममा आएर सम्माननीय प्रधानमन्त्रीले अब ३ महिना भित्र सबै नागरिकलाई कोभिडको भ्याक्सिन लगाईने छ । भन्नुभएको थियो । प्रधानमन्त्रीले यहाँ आएर बोलेको कुरा पनि ३ महिना भईसक्यो । कुन चाँही ३ महिना ७७ सालको हो कि ? ७८ सालको हो कि?  ७९ सालको हो की ? ८० सालको ३ महिना हो ? सिमा नभएको ३ महिना हो कि ? १७ लाखलाई भ्यासक्सिन लगाउनुभएको छ । स्टकमा ७ लाख भन्दा बढी छैन । अब सेकेण्ड डोजको लागि त हामीसंग स्टक हुनुपथ्र्यो नि त ?”

उहाँले अरुले सुरुवात गरेका योजना पुरा गरेर, भईसकेका कामलाई देखाएर जनतामा भ्रम छर्ने काम नगर्न पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो “मेलम्चीको सपना त सन्त नेता कृष्ण प्रसाद भटराईले देख्नुभएको हो नि ? त्यो मेलम्चीको पानी आउने भयो सबेलाई धन्यवाद को एकपटक नाम लिन पनि तपाईलाई कन्जुस्याई , मेलम्ची, सुन्दरीजल र संसदमा पनि छैन । पहिलो सभामुख पनि हो । अहिले हामीले ल्यायौ भन्दा काठमाणडौका जनताले पत्याउँछन् कि पत्याउदैनन् गम्भीर हुनुहोस् भनेर पनि म आग्रह गर्छु । “डिपिआर गरेको छैन । बजेट छैन । सिलन्यास भईसक्यो धमाधम ।वा रे विकास ।  कागजको विकास । दुईबर्ष देखि मोटर चलेको छ । गाडी कुदिरहेको छ । कालोपत्रेको अहिले उद्घाटन । दुईबर्षदेखि पुलमा गाडि कुदिरहेको छ , अहिले बोर्ड लगाएर राजमार्गमा आमसभा, राजमार्गमा सिलन्यास यो कस्तो खालको विकास हो ? कस्तो खालको निर्माण हो ? ”

उहाँले राम्रो कामको सुरुवात गरेका अग्रजलाई सरकारले सम्मान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो “अल्पविकसित र विकसितको बारेमा पनि भूँईचालो नआएको भएदेखि तात्कालिन प्रधानमन्त्री शुशिल कोइरालाजीकै पालामा भईसकेको हो । अहिले पुर्णता पाएको छ भनेपनि मनमोहन अधिकारीको पालामा सुरु भएको छ, उहाँलाई धन्यवाद, भरतमोहन अधिकारीको पालामामा वृद्धभत्ताको सुरुवात भयो, उहाँलाई धन्यवाद । कमसेकम जसको पालोमा इनिसियसन भएको छ, उहाँहरुलाई स्मरण गर्ने त गरौ । उहाँहरुलाई पनि धन्यवाद दिने त गरौ । यस्तो खालको दिउँसै रात पार्ने ढंगमा मुलुक अगाडि नबढोस् भन्ने पनि म आग्रह गर्न चाहन्छु ।”
कोभिडका बेला सरकारले श्रमिक, मजदुर ,शिक्षक , प्राध्यापक, पर्यटन व्यवसायी, उद्योगी, याताायत व्यवसायी किसान कसैलाई राहत दिन नसकेको भन्दै उहाँले ‘राहत पनि भूमिगत गरेको हो कि ? ’भनी व्यंग्य गर्नुभयो ।

प्रमख सचेतक खाँडले सरकारलाई श्वेत पत्र जारी गर्न चुनौति दिनुभयो । सरकारको नेतृत्व लिदै गर्दा वर्तमान सरकारका तात्कालिन अर्थमन्त्रीले विगतको सरकारले मुलुकलाई ऋणमा डुबाएको बताएको उल्लेख गर्दै उहाँले अहिलेको यथार्थ अवस्था बारे जानकारी गराउन सरकारसंग माग गर्नुभयो । उहाँले भन्नुभयो “सरकारको हालत के छ भने ऋण लिएर ध्यु खाने । अहिलेको सफल सरकारले यति धेरै ऋण लिएको छ कि नेपालीको टाउकोमा यतिधेरै ऋण कहिलेही पनि थिएन । सायद उहाँलाई लागेको छ होला । यस्तो स्थिति छ देशमा अब फेरी फर्केर आईन्छ कि आईदैन । अब अहिले ऋण लिउँ तिर्ने बेलामा त अरु आईहाल्छन् । हाम्रो पालामा ऋण लिउँ ध्यु खाउँ अरुले तिरिहाल्छन् नि भन्नु भएको छ भने त केही भन्नु छैन । ”

उहाँले चालु खर्च बढी र पूँजीगत खर्च घटेर विकास कसरी बढ्छ ? भनेर प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो “जसरी यो सरकार बन्दाखेरी अर्थमन्त्रीले बढो उत्साहित भएर पुर्ववर्ती सरकारले ऋणै ऋणमा नेपाल पारेको थियो हामीले तपाईलाई सबैलाई ध्यु खुवाउँछौ भनेर भनेर श्वेतपत्र निकाल्नु भएको थियो नि । ह्वाईट पेपर निकाल्नुभएको थियो नि,याद होला नि । त्यो ह्वाईट पेपरमा चाँही छलफल गर्नुपर्यो । श्वेत पत्र भन्ने, यथार्थ पत्र भनेर जारी गर्ने अगाडि अ थपेर अयथार्थ बनाउने ? म त्यत्तिखेर पनि श्वेत पत्र पनि ल्याओस् सरकारले अनि अहिलेको श्वेत पत्र पनि जारी गरोस् ।”