४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र दक्षिण अफ्रिकाबीचको टेस्ट: एकै दिन २३ विकेट पतन



अ+ अ-

एजेन्सी । घरेलु टिम दक्षिण अफ्रिका र भारतबीचको केप टाउनमा सुरु दोस्रो टेस्टको पहिलो दिन केही रोचक कीर्तिमानी बनेका छन् ।

उक्त खेलमा एकै दिनमा २३ वटा विकेट खस्यो । पहिलो इनिङ्ग्समा भारतले दक्षिण अफ्रिकालाई ५५ रनमै अलआउट गरेको थियो। जवाफी ब्याटिङ थालेको भारत पनि १५३ रनमा अलआउट हुन पुग्यो।

दक्षिण अफ्रिकी टोली २३.२ ओभरमात्र क्रिजमा टिक्न सक्यो । भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभरमै अलआउट हुन पुग्यो । भारतले अन्तिम ६ विकेट गुमाउँदा एक रन पनि जोड्न सकेको थिएन । हालसम्म खेलिएको टेस्टमा यसअघि कुनै पनि टोलीले एक रन पनि नजोडी ६ विकेट गुमाएको थिएन ।

भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन भएका केही रोचक घटनाको विषयमा यहाँ उल्लेख गरिएको छ ।

१. बुधबार भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन केप टाउनमा दुबैको गरी कुल २३ विकेट खस्यो । यसअघि सन् २०११ मा दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच खेलिएको टेस्टको दोस्रो दिन २३ विकेट खसेको थियो । त्यो टेस्ट पनि केप टाउनमा नै खेलिएको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा यसअघि पहिलो दिन नै २३ भन्दा बढी विकेट एकपटक मात्र खसेको छ । सन् १९०२ मा मेलबर्नमा अस्ट्रेलिया र इङ्ल्यान्डबिच टेस्ट क्रिकेट खेलिएको थियो । उक्त टेस्टको पहिलो दिन नै कुल २५ विकेट खसेको थियो ।

२. यस खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध एक सय ५३ रनपछि लगातार ६ विकेट गुमाएको थियो । भारतको १५३ रनपछि ११ बलमा एक रन पनि नबनाई लगातार पछिल्ला ६ विकेट गुमाएको थियो। यसअघि टेस्ट क्रिकेटमा भारतले कहिल्यै पनि एउटै स्कोरमा लगातार ६ विकेट गुमाएको थिएन ।

३.भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुबै टोलीले आफ्नो पहिलो पाली खेलिसक्दा कुल तीन सय ४९ बलको सामना गरेका थिए । टेस्ट क्रिकेटको इतिहासमा यसअघि एकपटक मात्र योभन्दा कम बलमा दुबै टोली अलआउट भएका छन् । सन् १९०२ मा मेलबर्नमा खेलिएको अस्ट्रेलिया र इङ्ल्यान्डबिचको टेस्टमा दुबै टोली केवल दुई सय ८७ बलमा अलआउट भएका थिए ।

४.बुधबारको उक्त खेलमा भारतले केवल ९.४ ओभरमै दक्षिण अफ्रिकासँग अग्रता हासिल गरेको थियो । पुरुष टेस्ट क्रिकेटको इतिहासमा यसअघि ९.४ ओभरमै कुनै पनि टोलीले अग्रता लिएको थिएन ।

५. टेस्ट क्रिकेटको इतिहासमा पहिलो दिनमा नै तेस्रो पाली खेलिएको यो आठौँ पटक हो । तर, केप टाउनमा भने पहिलो दिन नै तेस्रो पाली खेलिएको यो पहिलो पटक हो । टेस्ट क्रिकेटमा पछिल्लो ७० वर्षयता यस्तो घटना भएको यो दोस्रोपटक हो । यसअघि सन् २०१९ मा लर्डसमा खेलिएको इङ्ल्यान्ड र आयरल्यान्डबिचको टेस्टमा यस्तो भएको थियो ।

६.भारत र दक्षिण अफ्रिकाबिचको दोस्रो टेस्टको पहिलो दिन दुईजना ब्याट्सम्यान दुई–दुई पटक आउट भएका थिए । ‘डेब्यू’ टेस्ट खेलेका दक्षिण अफ्रिकाका ट्रिस्टिन स्टब्स दुईपटक आउट भए । यसअघि सन् १८९६ मा दक्षिण अफ्रिकाविरुद्ध इङ्ल्यान्डका विकेटकिपर ह्यारी बट दुईपटक आउट भएका थिए । उनी पनि त्यतिबेला आफ्नो ‘डेब्यू’ टेस्ट खेलिरहेका थिए ।

७.दोस्रो टेस्टको पहिलो दिन केट टाउनमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए । यसअघि सन् २०१४ मा म्यानचेस्टरमा इङ्ल्यान्डविरुद्धको टेस्टमा भारतका ६ ब्याट्सम्यान ‘डक आउट’ भएका थिए ।