२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकाका मेयरको एकै स्वर, सडक बत्तीको सबै बक्यौता तिर्न सक्दैनौं



फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपत्यकाका सबै १८ वटा नगरपालिकाका प्रमुखहरुले सडक बत्ती बापतको नेपाल विद्युत् प्राधिकरणले पठाएको विद्युत महसुल तिर्न नसक्ने जनाएका छन् ।

बुधबार गोकर्णेश्वर नगरपालकामा बसेको मेयर्स फोरमको बैठकमा उनीहरुले आफू निर्वाचित हुनुभन्दा अघिको समेत जोडेर प्राधिकरणले महसुल बिल पठाएको भन्दै निर्वाचित भएर आएदेखिको महसुल मात्र तिर्न सकिने जनाएका हुन् ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालले न्युजपोलारसंग भन्नुभयो, गोकर्णेश्वर नगरपालिकालाई साढे तीन करोडको बिल आएको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको रु दुई अर्ब र ललितपुर महानगरपालिकाको पनि रु एक अर्ब बक्यौता सहितको बिल आएको छ । त्यो सबै तिर्न सक्दैनौं ।

उहाँले अगाडि भन्नुभयो, “हामी आएर यो बक्यौता रहेको होइन, पहिलादेखिकै हो, यसको हिसाब कसरी राखेको हो थाहा छैन । प्राधिकरणले महसुल तिर्न भनेर बिल पठाएको छ, यो बक्यौता हो होइन थाहा छैन । सडकमा बलेको बत्ती हो त्यो । नगरपालिकाले नै तिर्नुपर्छ भनेको हो भने यो हामी आउनुभन्दा अघिदेखिकै हो । हामीलाई ठूलो भार पर्यो ।

उपत्यकामा रहेका सबै नगरपालिकाबीच आफूहरु निर्वाचित भएर आएदेखिको बिल तिर्ने तर पहिलादेखिको हो भने तिर्न नसक्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । यस विषयमा ऊर्जा मन्त्रालय र प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङसँग बसेर छलफल गरिने उहाँको भनाइ थियो ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले देशभरिकै नगर तथा गाउँपालिकाबाट महसुल उठाउन अभियान थालेको छ । तर स्थानीय निकायहरुले प्राधिकरणले नगर, गाउँमा गाडेका विद्युतका खम्बाका विषयमा केही नबोलेकोमा आक्रोश व्यक्त गर्दै आएका छन् । उनीहरुको भनाईमा खम्बाको भाडा प्राधिकरणले पनि स्थानीय निकायलाई तिर्नु पर्दछ, यस्तो बक्यौताको विषय पनि टुंगिएको छैन ।

प्राधिकरणले हालै उद्योगी व्यवसायीको पुरानो विद्युत महसुल उठाउन लाइन काट्दै आएको छ । तर यसको पनि चौतर्फी विरोध भइरहेको छ ।