२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भूमाफियातन्त्र र यसका मतियारहरुको सञ्जाल क्षतविक्षत कसरी होला ?

भूमाफियातन्त्र र यसका मतियारहरुको सञ्जाल क्षतविक्षत कसरी होला ?
अ अ+ अ-

पूर्व न्यायाधीश श्री मोहनरमण भट्टराईको अध्यक्षतामा गठित "सरकारी, सार्वजनिक र गुठी जग्गा सम्बन्धी जाँचुबझ आयोग, २०७६" ले देशका विभिन्न ३३ स्थानका करिब ८ हजार रोपनी जग्गा हिनामिना भएको विवरण सहितका प्रतिवेदनहरु नेपाल सरकारसमक्ष पेश गरिसकेको छ ।

करिब २ वर्ष पहिले बालुवाटारस्थित ललिता निवासको जग्गा छानविन समितिले दिएको प्रतिवेदनका सम्बन्धमा केही जुझारु पत्रकारहरुले थप विवरणहरु सङ्कलन गरी प्रकाशित गरिदिंदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आफ्नो अनुसन्धानमा सहयोग पुगेजस्तै अहिले पनि खोज पत्रकारहरुको हातमा जिम्मेवारी आएको छ ।

( हुन त कतिपय ठूला मिडिया हाउस र भूमाफियाद्वारा पालित सम्पादकहरु यस्ता कुरामा विरोध गर्न अग्रसर पनि हुनेछन् । त्यसवेला पनि एक अनलाइनका मै हुँ भन्ने सम्पादकले भूमाफियाको चटनीको स्वादमा रुमलिएर ललिता निवास जग्गा छानविन समितिका संयोजकलाई शिखण्डीको उपाधि दिएर लेखै लेखेका थिए । छानविन समितिको प्रतिवेदन उपर अख्तियारले विस्तृत अनुसन्धान गरी मुद्धा दायर गरेपछि भने भूमाफियाका यस्ता चम्चेहरु चुप हुन वाध्य भएका थिए ) ।

ललिता निवासको एउटै केशले केही शक्तिशाली हौं भन्ने माफियाहरु र अरु धेरैको निद हराम गराउन सफल भएको थियो भने भट्टराई आयोगका प्रतिवेदनले त दर्जनौं माफिया र अरु हजारौंको निद हराम बनाइदिनेवाला छ ।

सरकारले भट्टराई आयोगको समयावधि अरु थप गर्न कंजुस्याइँ नगरेको भए आयोगमा परेका सबै उजुरीउपर पूर्ण रुपमा छानविन हुने र अरु धेरै केशहरु बाहिर आउन सक्ने थिए ।

जे जति केशमा छानविन गरी आयोगले प्रतिवेदन पेश गरेको छ, तिनको इमान्दारीपूर्वक कार्यान्वयन भयो भने भूमाफियातन्त्र र यसका मतियारहरुको सञ्जाल क्षतविक्षत हुन सक्नेछ ।

तसर्थ सरकारी, सार्वजनिक र गुठी जग्गाको संरक्षण गर्न अग्रसर सबै खोज पत्रकार, अभियन्ता तथा संस्थाहरु जागरुक बनौ र दवाव सिर्जना गरौं ।