२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

८० युवालाई होटेल तालीम प्रदान



अ+ अ-

काठमाडौं । कोथिना मीठो छ नामक होटेल तालीम केन्द्रको आयोजनामा ८० युवालाई होटेल तालीम प्रदान गरिएको छ ।  होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटर तालीम सम्पन्न गरेको हो । तालीम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्रसमेत वितरण गरिएको छ । 

कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एसोसिएशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्वित हुने बताउनुभयो । उहाँले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि यस्ता तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

इन फ्लाइट सेफ वेद अधिकारी, वरिष्ठ प्रशिक्षक लक्ष्मी भारतीलगायतले तालीमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि भएको उल्लेख गर्नुभयो । एक दशकदेखि सेवा प्रदान गर्दै आएको होटेल तालीम केन्द्रले अहिलेसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई होटेलसम्बन्धी विभिन्न तालीम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिनुभयो । सो केन्द्रले आफ्नो होटेल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ । रासस