• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   गौरवको आयोजना तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   सुनको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ कारोबार? ★   ओलीप्रति बालेनको आक्रोश: गिरीबन्धु पीडितको बैना फिर्ता कहिले हुन्छ ? ★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान

इरानमा दुई बिस्फोटमा परी ९५ जनाको ज्यान गयो, बिहीवार राष्ट्रिय शोक



एजेन्सी । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टि स्थल नजिकै बुधवार भएका दुई विष्फोटमा कम्तिमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी घाइते भएको इरानले बताएको छ ।

अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी शहर केरमानमा रहेको चिहानमा धेरै मानिसहरू भेला भएका बेला बिस्फोट भएको हो ।

पहिलो बिस्फोट सुलेमानीको चिहानबाट करिव ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा थियो । राजनीतिक र सुरक्षा मामिलाका लागि केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले बिस्फोटहरू आतंकवादीहरूद्वारा गराइएको बताएको छ । यसैबीच इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ ।

इरान सरकारले बिहीवार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्येका एक सुलेमानी, जनवरी ३, २०२० मा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उनको गृहनगर केरमानमा अन्त्येष्टि पछि दफन गरिएको थियो । इरानले उक्त हत्यालाई राज्य आतंकवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ ।

पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीहरूले कठोर प्रतिवाद सामना गर्ने बताउनुभएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेताहरूलाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गर्नुभएको छ ।