४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सुरक्षित चेली अभियान शुरु: ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’

सुरक्षित चेली अभियान शुरु: ‘सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढ्यो’
अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुरक्षित चेली अभियान शुरु भएको छ ।  लैङ्गिक हिंसा, घरेलु हिंसा, बलात्कार, बालविवाहलगायत समाजमा हुने अपराध न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आजदेखि सो अभियान शुरु गरेको हो । 

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै जिल्लामा अपराधको सङ्ख्यामा पनि वृद्धि हुँदै गएको बताइएको हो । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोगले महिलामाथि हुने हिंसा, बलात्कारका घटना बढिरहेको बताउनुभयो । “बलात्कार, हिंसाका घटनाको पछाडि सामाजिक सञ्जाल र मादकपदार्थ दुव्र्यसन प्रमुख कारण बनेको देखिन्छ” उहाँले भन्नुभयो, “यसको न्यूनीकरणका लागि नेपाल प्रहरीलाई समाजको सहयोग आवश्यक हुन्छ ।”

उहाँले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाघामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा सामाजिक सञ्जालको गलत प्रचारबाजी र तत्कालीन प्रहरी कर्मचारीको कामप्रतिको लगनशीलतामा देखिएको कमिका कारण घटना जटिल बनेको दाबी गर्नुभयो । “प्रहरीले समाजबाट पाइने सूचना र प्रविधिको आधारमा अपराध न्यूनीकरण र सो सम्बन्धी अनुसन्धान अगाडि बढाउने गरिन्छ”, उहाँले भन्नुभयो, “निर्मलाको प्रकरणमा समाजले सूचना दिएन, निर्मला प्रविधिसित नजिक थिइनन् ।”

उहाँले निर्मला हत्या प्रकरणमा प्रहरीको अनुसन्धान सफल हुने विश्वास व्यक्त गर्नुभयो । सुदूरपश्चिमको पहाडी जिल्लामा समेत सुरक्षित चेली अभियान थालिनी गर्दै आएका सुवेदीले चेली ८० प्रतिशत आफन्तबाट प्रताडित हुने गरेका घटना प्रहरीमा आइरहेको बताउनुभयो । “हिजोसम्म अपरिचितबाट बलात्कारका घटना घटेका सुनिन्थे”, उहाँले भन्नुभयो, “अहिले १२ प्रतिशत चेली आफन्त, घरपरिवार र परिचित व्यक्तिबाट बलात्कृत भएका छन् ।”

उहाँले सामाजिक विकृति र सामाजिक सञ्जालको प्रयोगसँगै अपराध बढेको बताउनुभयो । “सुदूरपश्चिममा ५०० घटनाको अनुसन्धान गर्दा करीब ८४ प्रतिशत हत्याका घटना आफन्तबाटै भएको देखिन्छ”, उहाँले भन्नुभयो, “सामाजिक विकृतिका कारण समाजमा देखिएका लैङ्गिक हिंसा, घरेलु हिंसा, हत्या आत्माहत्या घटनामा वृद्धि भएकाले यसलाई न्यूनीकरण गर्न सुरक्षित चेली अभियानले सहयोग पुग्ने छ ।”

जिल्ला समन्वय समिति कञ्चनपुरका संयोजक फैरु तामाङ र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा अम्मराज जोशीले समुन्नत समाज निर्माण गर्न प्रहरीले विद्यालय तहदेखि नै सचेतनात्मक प्रशिक्षण सञ्चालन गर्नुपर्ने बताउँदै नेपाल प्रहरीले महिला र बालबालिकाको मुद्दामा गम्भीर भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीलाचन्द सिंह, श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी कृष्णबहादुर जिसी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतोलगायतले लैङ्गिक हिंसा तथा सामाजिक विकृतिका विरुद्ध सम्बन्धित सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो । रासस