• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै ★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थप चार ‘एक्सरे मेसिन’ जडान



काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास गर्न सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले दुईवटा मात्रै एक्सरे मेसिन रहेकामा आजदेखि चारवटा एक्सरे मेसिन थपिएको छ । भन्सार एरियाको क्षेत्र साविकको भन्दा दोब्बरले बढाइएको र अवैध सामान तथा सुन आउने एरियाकोमा केही समय लाग्न सक्छ, अन्यथा भन्सार एरियाको जाँचमा अब १० मिनेटमा जाँचपास हुनेछ ।”

नेपाल होटेल तथा पर्यटन प्रशिक्षण प्रतिष्ठान (नाथम) कलेजसँग सम्झौता गरेर १५ विद्यार्थीलाई विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा तीन ‘सिफ्ट’मा गरी काममा खटाइएको प्रमुख डा पाण्डे बताउनुभयो । उहाँका अनुसार यसले गर्दा यात्रु तथा विदेशी पर्यटकलाई सेवा प्रवाहमा सहज हुने देखिएको

यसैगरी विमानस्थल भन्सार कार्यालयले वृद्धवृद्धा अशक्त तथा गर्भवतीका लागि बस्ने व्यवस्थासमेत मिलाएको र भन्सार एरियालाई थप सौन्दर्यकरण गरिएको जनाएको छ । विगतमा जाँचपास गर्न आधा घण्टा लाग्ने जनाइएको छ । रासस