१९ फाल्गुन २०८१, सोमबार
March 3, 2025 Monday

11.27°C

काठमाडौं

11.27°C

Kathmandu

Feels-like: 10.59

Wind: 1.54

Humidity: 82

Latest
साहित्यकार झमक घिमिरेमा थपियो नसाको रोग, उपचारमा समस्या माओवादीप्रति अभिनेतृ रेखा थापाको कटाक्ष– ‘लालसेना खोज्न मधेशतिर हिँडेछन्’ मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ सोह्र वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न स्ववियु निर्वाचन : पाल्पाका चार क्याम्पसमा १३ संगठन दर्ता पुलिस क्लब वीरगञ्ज गोल्डकपको सेमिफाइनमा बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्रतिफल नदिने योजनाका लागि बजेट… गायक सुशान्त केसीले दिए बालेनलाई कन्सर्टमा आउन निम्तो हिमाल सरसफाइ अभियानलाई निरन्तरता दिनेछौँ: वनमन्त्री शाही
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगे



अ+ अ-

काठमाडौं । भारतीय विदेशमन्त्री डा एस जयशङ्कर नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आइपुग्नुभएको छ । उहाँ भारतीय विशेष विमानमार्फत आज बिहान यहाँ आइपुग्नुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले स्वागत गर्नुभयो ।

संयुक्त आयोगको बैठक यही पुस १९ र २० गते काठमाडौँमा हुँदैछ । संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री साउद र उहाँका भारतीय समकक्षी डा जयशङ्करले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । बैठकले द्विपक्षीय सम्बन्धको समग्र अवस्था र आपसी सहयोगका विभिन्न क्षेत्रको समीक्षा गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री डा जयशङ्करले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै राष्ट्रपतिको कार्यालयमा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने तालिका छ । यसैगरी आजै दिउँसो होटल याक एण्ड यतीमा संयुक्त आयोगको बैठक बस्ने र सम्झौतामा हस्ताक्षर हुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री साउदले उहाँ र प्रतिनिधिमण्डलका सदस्यहरूको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्करले भोलि पुस २० गते त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय र भूकम्पपछिका पुनःनिर्माण परियोजनाको उद्घाटन गर्नुहुनेछ । विदेशमन्त्री डा जयशङ्कर भोलि पुस २० गते नै स्वदेश फर्कनुहुनेछ । रासस