२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा ज्ञानेन्द्रले आज भैरहवामा सम्बोधन गर्दै, पार्टीका नेताहरुको चासो



फाईल फोटो
अ+ अ-

काठमाडौँ । केही दिनयता देखि भैरहवामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज त्यहाँ आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । उनलाई आज त्यहाँ नागरिक अभिनन्दन गर्ने तयारी भएको छ ।

आज साढे १२ बजे भैरहवाको सुगरमिल क्षेत्रमा पूर्वराजाको नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । केही दिनदेखि उनी पश्चिम नेपालको भ्रमणमै छन् । उनको धार्मिक तथा साँस्कृतिक भ्रमण भनिए पनि त्यतिमात्र नरहेको बुझाई भैरहवाबासीको छ ।

श्रीमती कोमल शाहसहित पुगेका पूर्वराजा ज्ञानेन्द्र भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेका छन् । उनको आजको अभिनन्दनपछिको सम्बोधनमा के आउँछ भन्ने बारेमा त्यहाँका नागरिकमा मात्र नभएर राजनीतिक दलका नेताहरुमा पनि व्यापक मात्रामा चासो उब्जिएको छ । पछिल्ला केही समय नेपालमा राजतन्त्रप्रति नागरिकको चासो पनि बढ्दै गएको छ । नागरिकले वर्तमान सत्ताले महंगी, भ्रष्टाचार तथा नागरिकप्रति बेवास्ता मात्र दिएको भनेर निराशा व्यक्त गर्ने गरेका छन् । त्यसैले कैयौँ व्यक्ति र संस्थाहरुले अहिले बरु यो व्यवस्था भन्दा त राजतन्त्र नै ठिक भन्ने जस्ता अभिव्यक्ति पनि दिने गरेका छन् ।

यसकारण पनि आज पूर्वराजाले गर्ने सम्बोधनका बारेमा देशव्यापी रुपमा चासो उब्जिएको बताइएको छ । पछिल्लो दिनमा राजाका यस्ता सार्वजनिक कार्यक्रमहरुमा नागरिकको संख्या बढ्दै जान थालेपछि राजनीतिक दलका नेताहरुले राजतन्त्रको चर्काे विरोध गर्न थालेका छन् । मुलुकमा नेपालमा राजतन्त्रको आगमन सम्भव छ या छैन भनेर बहस जारी रहेकै बेला पूर्वराजा ज्ञानेन्द्र भने केही बोलेका छैनन् ।

उनी देश दौडाहामा भने ठाउँ ठाउँमा पुगेका छन् । त्यसैले भैरहवामा हुन लागेको नागरिक अभिनन्दनमा उनले सम्बोधन गर्ने कार्यक्रमको सबैतिर चसो देखिएको हो । उनले के घोषणा गर्दैछन् भन्ने चासो सबैमा देखिएको छ । उता हिजोमात्र पूर्वराजा ज्ञानेन्द्रले राप्रपाका प्रमुख ५ नेताले पनि उनलाई भेटेका छन् । अध्यक्ष राजेन्द्र लिङदेनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा. धवलशमशेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंहले भैरहवा पुगेर पूर्वराजासँग सामूहिक भेट गरेका हुन् ।

स्रोतका अनुसार राजाले निकै खुलस्त र आत्मीय भावमा प्रस्तुत भएका थिए । जनमत विस्तारै बदलिँदै गएकाले देशमा राजसंस्था फर्किनेमा उनी निकै आशावादी देखिएको स्रोतको भनाइ छ । पूर्व राजा शाहले देशको दुरवस्थाप्रति चिन्ता प्रकट गर्दै यही व्यवस्थाबाट देश उँभो नलाग्नेमा पूर्वराजा र राप्रपा नेताहरु एकमत देखिएको समाचार स्रोतले बतायो ।




भर्खरै