• १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
  •   Unicode
Logo
Latest
★   एस्ट्राजेनेकाको कोरोना भ्याक्सिनबाट हृदयाघातको जोखिम हुने दाबी ★   सरकारको आधिकारिक अनलाइन मिडिया छैन: सञ्चारमन्त्री शर्मा ★   समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन ★   कुनै जात विशेषलाई पहिचानको मुद्दा बनाइनु हुँदैन: ओली ★   दीपकको व्यंग्यः संगठन बलियो भएको ठाउँमा पार्टीले जित्छ, फ्रस्ट्रेसन भएको ठाउँमा घण्टी ★   मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. गौतम र पुर्वान्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. थपलिया नियुक्त ★   विदेश पठाइदिन्छु भन्दै ४२२ जनालाई ठगि गर्ने गिरोह पक्राउ ★   च्याम्पियन्स लिगमा बायर्न र रियल भिड्दै ★   तेस्रो चौमासिकमा शिक्षा मन्त्रालयको पूँजीगत खर्च शून्य ★   ट्राउट माछाको हब बन्दै र्यालेको मानेदोभान

भारतीय बिदेश मन्त्री आज आउँदै, आजै राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट्ने



काठमाडौँ । भारतीय बिदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदैछन । उनले आजै राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग र प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट्ने कार्यक्रम रहेको छ ।

साथै उनले भोलिसम्मको आफ्नो दुई दिने भ्रमणका क्रममा यहाँका विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेट गर्ने कायक्रम रहेको छ । आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमान स्थलमा अवतरण हुने बिदेशमन्त्री जयशंकरको पहिलो भेट शीतल निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसँग बिहान ११ बजे हुने भेटघाट कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यसपछि उनले अपरान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भेटबार्ता गर्नेछन भने १ बजे होटल याक एन्ड यतीमा समकक्षी परराष्ट्र मन्त्री एनपी साउँदसँग द्विपक्षीय भेटबार्ता गर्नेछन ।

त्यसलगत्तै आजै १ः१५ बजेबाट मन्त्रीस्तरिय बैठक सुरु हुनेछ भने १ः४५ बजे बिभिन्न सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ । त्यसपछि उनले आज र भोलि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओलीसँग भेट गर्ने कार्यक्रम छ । राजनीतिक दलका नेताहरु कोसँग कतिबेला भेट्ने भन्ने विषयको कार्यतालिका भने सार्वजनिक गरिएको छैन । सम्झौता पछि बिदेश मन्त्री जयशंकरले ३ः४५ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र ४ः३० बजे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटबार्ता हुने जनाइएको छ ।

साँझ ६ः१५ देखि सोल्टी होटलमा बिदेश मन्त्री जयशंकरको सम्मानमा आयोजना रात्रि भोजमा सहभागी हुने जनाइएको छ । २ दिने नेपाल भ्रमणमा आउने बिदेश मन्त्री जयशंकर भोलि स्वदेश फर्कनेछन ।