६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण अफ्रिका ५५ रनमै अलआउट, भारतविरुद्धको सबैभन्दा सानो स्कोर



अ+ अ-

एजेन्सी । दोस्रो टेस्टको पहिलो इनिङ्समा दक्षिण अफ्रिका ५५ रनमा अलआउट भएको छ । टोली भारतविरुद्ध सबैभन्दा कम स्कोरमा आउट भएको हो ।

केप टाउनको न्युल्यान्ड्स स्टेडियममा पहिलो दिनको लञ्च सत्रको अन्त्यसम्म पनि दक्षिण अफ्रिकाले ब्याटिङ गर्न सकेन । ११ खेलाडीले २३.२ ओभर मात्र ब्याटिङ गरे ।

भारतका लागि फास्ट बलर मोहम्मद सिराजले ६ विकेट लिए । जसप्रित बुमराह र मुकेश कुमारले २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि काइल भेरियनले १५ रन र डेभिड बेडिङहमले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले ६ रनको स्कोर पनि पार गर्न सकेनन् ।