४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुस २० गतेदेखि भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेला हुने



अ+ अ-

काठमाडौँ । पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

पुस २० गते शुक्रवारबाट शुरु हुने मेला २२ गते आईतवारसम्म तीन दिन सञ्चालन हुनेछ । मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताउनु भयो ।

उहाँले विगत ८ वर्षदेखि सहकार्य गर्र्दै मेला सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिनुभयो । प्रवन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु रहने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले विगत ८ वर्षदेखि सहकार्य गर्दैगर्दै आइरहेको छ । यो यसको नवौं संस्करण हो । यो नवौं संस्करण पुसको यही २०,२१ र २२ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यो पालिको मेलामा नेपालमा उत्पादन भएका सामग्रीहरु छन् । ल्यामिनेटहरुदेखि लिएर प्लाइउडदेखि लिएर फ्लोरिङका सामानहरु छन् । जस्तो कसैले घर बनाउन चाहनुहुन्छ भने नेपालमै उत्पादन भएका फ्लोरिङका सामान लिएर आएका छौँ । यसमा यसपालि होम डकेर, बनाएको घरको इन्टिनियरहरु कसरी गर्ने ? त्यहाँ भित्रको डिजाइनिङ कसरी गर्ने ? भन्नेकुराहरु आउँछ । मेलामा नेपालका दिग्गज आर्किटेक्टकहरु र डिजाइनरहरुको उपस्थिति छ । यो प्रदर्शनीमा भारतका कम्पनीहरुको सहभागिता अलि बढी छ । ४० प्रतिशत कम्पनी नेपालका र ६० प्रतिशतमा भारत, चीन,ताइवान, मलेसियाको पनि केही कम्पनी छन् ।’

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ । प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ ।