११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

पुस २० गतेदेखि भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेला हुने

पुस २० गतेदेखि भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय मेला हुने
अ अ+ अ-

काठमाडौँ । पुस २० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नवौं नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ ।

पुस २० गते शुक्रवारबाट शुरु हुने मेला २२ गते आईतवारसम्म तीन दिन सञ्चालन हुनेछ । मेलाबारे जानकारी दिँदै मिडिया स्पेस सोलुसन्ल प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले गर्न लागेको बताउनु भयो ।

उहाँले विगत ८ वर्षदेखि सहकार्य गर्र्दै मेला सञ्चालन गरिरहेको बताउनु भयो । उहाँले मेलामा स्वदेशी तथा विदेशी गरी एक सय भन्दा बढी स्टलहरु रहने जानकारी दिनुभयो । प्रवन्ध निर्देशक भट्टराईले फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी आयोजना गरिएको बताउनु भयो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरु रहने बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी हामीले नेपालबाट मिडिया स्पेस सोलुसन्ल प्रा.लि. र भारतको फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेण्ट्स प्रा.लि.ले विगत ८ वर्षदेखि सहकार्य गर्दैगर्दै आइरहेको छ । यो यसको नवौं संस्करण हो । यो नवौं संस्करण पुसको यही २०,२१ र २२ गते काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । यो पालिको मेलामा नेपालमा उत्पादन भएका सामग्रीहरु छन् । ल्यामिनेटहरुदेखि लिएर प्लाइउडदेखि लिएर फ्लोरिङका सामानहरु छन् । जस्तो कसैले घर बनाउन चाहनुहुन्छ भने नेपालमै उत्पादन भएका फ्लोरिङका सामान लिएर आएका छौँ । यसमा यसपालि होम डकेर, बनाएको घरको इन्टिनियरहरु कसरी गर्ने ? त्यहाँ भित्रको डिजाइनिङ कसरी गर्ने ? भन्नेकुराहरु आउँछ । मेलामा नेपालका दिग्गज आर्किटेक्टकहरु र डिजाइनरहरुको उपस्थिति छ । यो प्रदर्शनीमा भारतका कम्पनीहरुको सहभागिता अलि बढी छ । ४० प्रतिशत कम्पनी नेपालका र ६० प्रतिशतमा भारत, चीन,ताइवान, मलेसियाको पनि केही कम्पनी छन् ।’

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने आयोजकको विश्वास रहेको छ । प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयर्स तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताइएको छ । प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन माध्यम बनाउने आयोजकको भनाइ छ ।