२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको छ –प्रधानमन्त्री ओली

इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको छ –प्रधानमन्त्री ओली
अ अ+ अ-

काठमाडौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शासकिय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताउनुभएको छ । शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसंगको भेटघाटमा उहाँले शासकिय अव्यवस्था र सही नीति निर्धारण हुन नसक्नु तथा भएका नीतिको पनि सही कार्यान्वयन हुन नसक्नु लगायतले मुलुकलाई गरिब बनाएको तर्क गर्नुभयो । तर वर्तमान सरकार विकासको गतिमा अघि बढेको र सोही अनुसार पुर्वाधार निर्माणलाई प्राथमिकतामा राखेकाले अब मुलुक आधुनिकता तर्फ लम्केने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “हामी देश विकास गर्न चाहन्छौ । यो गरिब हुनै नहुने देश । गरिब हुनै नसक्ने देश । गरिब हुनै नपर्ने देश तर यथार्थमा गरिब छ । शासकिय अव्यवस्था र जनतालाई विकासमा सरकारले मार्गदर्शन गर्न नसक्नु, सही नीति निर्धारण गरेर त्यसबाटोमा अघि बढ्न नसक्नु । ”
उहाँले विभिन्न नीतिगत व्यवस्था सहि बन्न नसक्दा आर्थिक उन्नति हुन नसकेको र देशले विकासका गति समात्न नसकेको तर्क गर्नुभयो । मुलुकमा पुर्वाधार विकासका पक्षमा उल्लेख्य काम भएको भन्दै इतिहास झल्कने आधुनिकता टल्कने दिशामा नेपाल अगाडि बढेको दाबी गर्नुभयो ।
उहाँले समग्र राष्ट्रिय सामाजिक जीवनको सम्पुर्ण क्षेत्र कृषि, उद्योग, व्यापार,पर्यटन, शिक्षा,स्वास्थ्य लगायतको उत्थानबाट सम्मृद्ध नेपाल र आधुनिक नेपाल बनाउन चाहेको स्पष्ट पार्नुभयो । उहाँले उत्पादन, उद्योग लगायतको समग्र उत्थानका लागि सरकार आवश्यक काम गर्न तयार रहेको भन्दै उपयुक्त र तथ्यपरक आधार सहित सुझाव दिन आग्रह गर्नुभयो ।

उद्योग व्यवसायको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार सधै तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको उद्योग व्यवसाय गतिशिलताकासाथ अघि बढ्नुपर्ने स्पष्ट पार्नुभयो । स्वदेशी उत्पादनको प्रयोग मात्रै नभई गुणस्तरीय स्वदेशी उत्पादन बढाउन पनि प्रधानमन्त्रीले सुझाव दिनुभयो ।
प्रधानमन्त्री ओलीले “कोही पनि पछाडि छोडिनु हुदैन, पछाडि पर्नु ÷पारिनु हुदैन” भन्ने भनाईलाई सार्थक रुपमा अगाडि बढाउने बताउनुभयो ।  उहाँले अटोमोबाइल्सका समस्याको कुरा भन्दा पनि नेपालमै अटोमोबाईल्स खोल्ने योजनामा लाग्न उद्योगीलाई सुझाव दिनुभयो । त्यसैगरी रोजगारी दिनेखालका इन्ड्रष्ट्रिज खोल्न पनि उहाँले उद्योग व्यवसायीलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो “अटोमोबाइल्स यही खोल्नुभयो भने तपाईहरुले सोचेको भन्दा बढी सुविधा दिन्छौ । खोल्नुहोस् र एउटा अटोमोबाइल्स । के सुधार गर्नुपर्यो ? कसैले अध्यादेश ल्याउनै हुदैन भन्यो भने पनि जरुरी पर्यो भने अध्यादेश ल्याउछ सरकारले । ६ महिना संसद श्रद्धाञ्जली दिदै उठ्दै गर्दा अनि हामीले अत्यावश्यक कुरामा ….यस्तो कुराहरुमा बिलम्ब गर्न सक्तैनौ ।” प्रधानमन्त्री ओलीले अत्यावश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर उद्योगधन्दा भने स्वदेशमै सञ्चालन गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “आयात गर्ने कुरालाई म खास व्यापार ठान्दिनँ । म पनि चामल किनेर खान्ँछु म व्यापारी भएँ ? किनेर गर्ने व्यापार खास व्यापार होइन । ” पेट्रोलियम इनधनबाट सञ्चालित सबै गाडी २० बर्ष पछि विस्तापित गरिने भएकाले अहिले देखि नै इलेक्टीक भेईकलको उद्योग खोल्न पनि उहाँले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “इलेक्ट्रीक भेईकलको उद्योग खोल्नुहोस् न अहिलेदेखि नै । पार्टीको घोषणपत्रमा उल्लेख भएका विषयहरु विर्सेको छैन । मेरो घोषणापत्र र मेरा कामहरु सम्झना छ । ढुंगा टिपेर हानिदियो जहाँ झर्यो त्यसैलाई ताकेकै त्यही हो भन्दैनौ । हामी टार्गेट बनाएर हिडेका छौ ।”
उद्योगीले मागेको बिजुली दिन नसकेको स्वीकार गर्दै उहाँले पहिलेदेखि विग्रिएको स्थितिलाई सरकारले सम्हाल्दै गरेको बताउनुभयो । खपतको क्षमता वृद्धि संगै सहप्रयोगको सिद्धान्त अनुसार तार व्यवस्थापनको काम गर्न लागिएकाले विद्युत्को सवालमा केही समय लाग्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले सडक मान्छे, वेसहारा, सडक बालबालिका लगायत सबैलाई वर्तमान सरकारका कारण हटेको भन्दै सडकसञ्जाल विकास लगायतका उपलब्धिको पनि चर्चा गर्नुभयो । उहाँले व्यवसायीको माग अनुसार सरकार व्युरोक्रेटिक समस्या समाधान गर्न सरकार लागिरहेको बताउनुभयो । उहाँले उद्योगीका समस्या सुन्नका लागि मात्रै नभई सम्बोधन गरेर अघि बढ्नका लागि छलफल गरिएको भन्दै सरकार नीजि क्षेत्रको समस्या सुनेर मात्रै नबस्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “सुनेर पारित गर्ने हो र ? सुनेर पाप कट्छ भनेर होइन काम गर्न र अवस्थामा परिर्वतन ल्याउनका लागि बसेको हो । नीजि क्षेत्रको समस्या नसुन्ने, त्यत्तिसम्म नि होइन यो सरकार ।”
विगतमा आफ्नै देश भित्र काम गर्ने अवस्था श्रृजना नभएपनि युवाहरु खाडी मुलुक पस्न बाध्य भएको भन्दै उहाँले वर्तमान सरकार समग्र समाजको सामाजिक ,राजनीति उत्थानका साथ स्वस्थ्य अर्थतन्त्र मौलाओस् भन्ने पक्षमा रहेको बताउनुभयो ।  
उहाँले भन्नुभयो “खाडीमा मान्छेहरु अहिलेको सरकारले पुराएको हो र ? द्धन्द्धका कारण पुगेको हो नि । ” कार्यक्रममा उद्योग व्यवसायीले आ आफ्नो क्षेत्रको समस्या र सरकारले गर्नुपर्ने व्यवस्थाका बारेमा सुझाएका थिए । केही उद्योगीले चुनावको बेलामा घोषणापत्रमा समावेश गरेका कुरालाई सत्तामा पुगेपछि विर्सने गरिएको भन्दै व्यवसायीलाई ससम्मान व्यवसाय गर्ने वातावरण श्रृजना गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।