६ आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री ओली र भूटानका प्रधानमन्त्री तोग्बेबीच भेटवार्ता यसरी सम्भव भयो न्युयोर्कमा ओली–मोदी भेट, केके छन् वार्ताका एजेण्डा ? चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्कदै प्रधानमन्त्री ‘फ्युचर फर समिट’मा सहभागी यस्तो छ रास्वपा कार्यालय परिसर- फोटो फिचर डा.श्रीधर खनालको एआई र रोबोटिक्स उपन्यास ‘सावर्णि’ बजारमा पूर्वडीआईजी जोशीलाई पोखरा पुर्याइयो रवि निगरानीमा, प्रतिवेदन अध्ययन हुँदैछः प्रहरी यता रविलाई पक्राउका लागि प्रहरी परिचालन, उता स्वर्णिमसहित रास्वपाका १४ नेता चीनमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयको निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानका ओपनरको लाजमर्दो प्रदर्शन, सिड्नीको मैदानमा पहिलो पटक बन्यो यस्तो नचाहेको कीर्तिमान



अ+ अ-

एजेन्सी । अस्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टेष्ट खेल बुधबार सिड्नी क्रिकेट मैदानमा सुरु भएको छ । पाकिस्तानका कप्तान शान मसुदले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

पाकिस्तानका ओपनर अब्दुल्ला शफिक र साम अयुबले कप्तानको निर्णय सही साबित गर्न सकेनन् र खाता खोल्नै नदिई आउट भए । इनिङ्सको दोस्रो बलमा मिचेल स्टार्कले शफिकलाई दोस्रो स्लिपमा स्टिभ स्मिथको हातमा क्याच आउट गराए ।

अर्को ओभरको दोस्रो बलमा जोस हेजलवुडले डेब्यु खेल्ने साम अयुबलाई विकेटकिपर केरीको हातमा क्याच आउट गराएर पाकिस्तानलाई दोस्रो झटका दिए ।

योसँगै पाकिस्तानी ओपनरको नाममा निकै लज्जास्पद कीर्तिमान दर्ता भएको छ । सिड्नी क्रिकेट मैदानमा टेस्ट म्याचको एउटै इनिङ्समा दुवै ओपनर खाता नखोली आउट भएको यो पहिलो पटक हो ।

पाकिस्तानले साम अयुबलाई टेस्ट डेब्यू गर्ने मौका दिएको थियो, जुन पूर्ण रूपमा असफल भयो । साम अयुब खाता नखोलेर आउट भए । शान मसूदको कप्तानीमा टेस्ट डेब्यू गर्ने अयुब पहिलो ओपनर हुन् र खाता खोल्नै नदिई आउट भएका थिए ।

अहिलेसम्म पाकिस्तानका शान मसुद अन्तिम ओपनर थिए, जो डेब्युमा खाता खोल्नै नसकेर आउट भएका थिए । मसुदले सन् २०१३ मा अबुधाबीमा दक्षिण अफ्रिकाविरुद्ध टेस्ट डेब्यू गरेका थिए ।

प्याट कमिन्स (५ विकेट)को घातक बलिङको मद्दतले अष्ट्रेलियाले तेस्रो टेस्टको पहिलो दिन ७७.१ ओभरमा पाकिस्तानलाई ३१३ रनमा अलआउट गर्यो । पाकिस्तानलाई सम्मानजनक स्कोरमा पुर्‍याउन मोहम्मद रिजवान (८८), आगा सलमान (५३) र आमिर जमाल (८२)ले महत्वपूर्ण योगदान दिए ।

अष्ट्रेलियाका लागि कमिन्स बाहेक मिचेल स्टार्कले दुई तथा नाथन लियोन र मिचेल मार्सले एक-एक विकेट लिए ।