२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

नेपाली फुटबलको इतिहासमा पहिलो पटक बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट

नेपाली फुटबलको इतिहासमा पहिलो पटक बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट
अ अ+ अ-

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन् । 

शुक्रबार भएको अक्सनमा सुजल सहिज तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन् ।  
मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महगो मूल्यमा भित्रयाएको हो । ए श्रेणीमा रहेका उनीहरुलाई क्लबले २ लाखमा अनुबन्ध गरेको हो ।

यस्तै ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवान सहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन ।  नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १ सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा बर्गीकरण गरेको थियो । जसमा  ए मा २८, बीमा ६३ र सी मा ५८ खेलाडी रहेका थिए ।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न ७ सहरका टोलीले सहभागिता जनाउँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ ।