२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

चौतारीमा श्रीमान् भेटिए… (भिडियो सहित)

चौतारीमा श्रीमान् भेटिए…  (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । चौतारीमा राजा भेटिए, चौतारीमा रानी भेटिइन्..। ठ्याक्कै कति सालमा यो गीत रेडियो नेपालमा गुञ्जिएको हो त्यो त थाहा भएन, तर प्रायः रेडियोमा यो गीत भने गुञ्जिइरहन्थ्यो । हुनत यो गीत राजारानीको भक्तिका लागि गाइएको भक्तिगान नै हो, तर यो गीतको रचनाको पृष्ठभूमि पनि मिठै छ । 

कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारी पोखरा बास बसेका थिए र भोलिपल्ट बिहानैको रातो झुल्के घाम फेवातालमा टल्किएको हेर्न त्यतातर्फ जाँदै थिए रे । यसो फेवातालको केही माथि रहेको एउटा चौतारीमा हेरेको कवि अधिकारीले राजा वीरेन्द्रजस्ता देखिने एउटा जोडी देख्नुभएछ । 

त्यसपछि उहाँ अलिक नजिक जानुभयो, यसो राजालाई हेरेजस्तो गर्नुभयो र राजा वीरेन्द्र र रानी ऐश्वर्य नै भएको यकिन गर्नुभयो । नभन्दै त्यहाँ राजारानी विहानै चौतारीमा बस्नुभएको रहेछ । राजा वीरेन्द्र प्राय जनताको भेषमा हिँड्न र नेपाली जनताको वास्तविक जीवन बुझ्न र नजिकबाट हेर्न रुचाउने राजा हुनुहुन्थ्यो । 

त्यसैले पनि त्यस बिहान चौतारीमा बसेका राजा वीरेन्द्रकै जोडी भएको यकिन भयो ।

तर आज यस आलेखमा उठान गर्न खोजिएको विषय राजाको होइन, एकजना राष्टिय व्यक्तित्वको हो । उहाँ पनि राजा वीरेन्द्रजस्तै अनायासै चौतारीमा भेटिनुभएको छ । तर उहाँको यो आकस्मिकता नभएर दैनिकी नै भएको छ । उहाँको यो दैनिकी भने बडो अनौठा र रमाइलो छ । अनि उत्तिकै प्रेरणामूलक पनि । जुन प्रेरणाले कुनै कविको नजर पायो भने त्यो पनि अघिको भन्दा कम गीत भने बन्दैन । 

किनभने अहिलेको जमाना भनेको पहिले पहिलेका जस्तो राजा महाराजाहरुका गाथा गाउने नभएर आफ्नै संघर्ष र प्रतिभाले उच्चस्थानमा पुगेका सर्वसाधारण नेपालीका सफलताका कथाहरुको गीत बन्ने गर्दछ । जसलाई समाजले पनि एक प्रेरणाका रुपमा अनुशरण गर्दछ, अनि आउने पुस्ताले यसबाट आफ्नो जीवनका लागि प्रेरणा पनि लिने गर्दछ । 

त्यस्तै प्रेरणाका पात्र बन्नुभएको छ अहिले पूर्व प्रधानन्यायाधीश गोपाल पराजुली । लामो समय सम्म कानूनको ठेलीसँग बिताएका उहाँको दैनिकी अचेल भने आमूल रुपमा फेरिएको छ ।

जागिरे जीवनको उत्तरार्धमा कोरोना महामारीजस्तो नसोचेको, नचिताएको र नचिनेको शत्रुसँग लड्नुपरेकाले त्यति सुखद नभए पनि उहाँको आध्यात्मिक बाटो छेक्न भने कसैले सक्दैन । 

सत्य वचन बोल्ने मिजास, स्वभावका पराजुलीले यतिखेर यी रमाइला दिनहरु आफ्नो पुर्ख्यौली थलोमा कृषि र सामाजिक कार्यमा बिताउने गर्नु भएको छ । 

नेपाली राजनीतिक भूगोलको नयाँ जिल्ला नवलपुरको काबासोतीमा रहेको निवासमा रहनु भएका पराजुलीले न्यूजपोलारसँग भन्नुभयो, अचेल मेरो दैनिकी नै फेरिएको छ, खेतीपाती गरेर बसेको छु, आनन्द आएको छ, बडो रमाइलोसँग दिन काटेको छु । 

तस्वीरमै हेर्दा एक खालको अनुभूति नै हुन्छ कि यति उच्च ओहदामा पुगेका व्यक्तित्वले आफ्नै हातले चिनेको चौतारीमा यसरी दिन बिताउँदा कम्ती आनन्द आउँदैन होला । माथि उहाँ चौतारीमा बसेको यो दृश्यले यस्तै अनुभूति दिलाउने छ । 
 
यतिखेर नेपालको राष्ट्रिय राजनीति तरंगित भइ नै रहेको छ । पूर्व प्रधानन्यायाधीशहरु हुन् या कुनै संवैधानिक निकायका प्रमुखहरु नै किन नहुन्, यो राजनीतिक तरंगको कुनै न कुनै भेलको पक्ष र विपक्षमा नै उभिएका छन् । पूर्वहरु, विशिष्टहरु कुनै न कुनै रुपमा कतै नै कतै पक्ष या विपक्षमा उभिएका बेला पराजुली भने करिब ४०० ओटा बट्टाईको स्याहार सुसारमा व्यस्त हुनुहुन्छ । 

बिहीबार बिहान आफ्नाे गाउँमा अकलादेबीको मन्दिर बनाउन ढुंगा बोक्दै गर्नु भएका पूर्व प्रधानन्यायाधीश पराजुलीले ढुङ्गा बिसाउँदै भन्नुभयो– मन्दिर निर्माणका लागि केही नगद सहयोग गरेको छु, जनश्रमदान जुटाएर मन्दिर निर्माण पनि सकिनै लाग्यो । 

मन्दिर छेवैमा निर्माण भैरहेको चाैतारा देखाउँदै पूर्व प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, बर पीपलको पनि संरक्षण हुने, शीतलमा पनि बस्न पाइने यो चौतारो पनि मेरो सक्रियतामा जनश्रमदान गरी बनाइयो । 

अवकाश जीवनलाई सृजनशीलतामा परिवर्तन गर्न सोच गरेको भन्दै पराजुली यतिबेला नवलपुरमा स्याउ, सुन्तला, ल्वाङ्ग सुकुमेल, कागती, जिम्बुका बिरुवाको स्याहार सुसार गर्दै बस्नु भएको छ । नेपालका उच्च पदस्थहरुलाई अहिले पनि अवकाशपछि पनि कुनै न कुनै पदमा पुग्ने लालसाले छाडेको हुँदैन, छैन । पराजुलीमा त्यस्तो लोभ देखिएन । पूर्णरुपमा कृषि कर्मतिर लागेर अरुलाई पनि शिक्षा दिन खोज्नु भएको छ उहाँ ।

चौतारी चिन्ने, पोखरी खन्ने, बाटो बनाउने भनेका समाज सेवा र धर्मका पर्याय कर्म हुन् । उबेला हाम्रा पाका पूर्खाहरुले गर्ने पुण्यका काम यिनै हुन् । हो, पराजुलीजीले पनि यही पुण्यकर्म रोज्नुभएको छ । त्यसो त न्याय दिने काम पनि पुण्यकै कर्म थियो । किनभने न्यायमूर्तिका हातमा धेरै असहाय, गरिब, निमुखाहरुको प्राण नै हुन्थ्यो । यसरी हेर्दा त उहाँले आफ्नै कामलाई निरन्तरता दिइरहनुभएको छ । 

त्यसो त चौतारी उहाँका लागि अरु धेरैले चिन्नुपर्ने हो । किनभने उहाँ केही अधर्मीहरुबाट प्रताडित पनि हुनु भएको छ । तर ती अदृश्य अधर्मीहरुले अहिले के गरी पापकर्म कटाइरहेका होलान् भन्ने हेक्का पराजुलीलाई छैन । किनकि यसबारेमा सोच्ने अहिले उहाँलाई फुर्सद नै छैन । 

कृषिकर्म धर्तीका पूजारी भएकोले अहिले उहाँको दैनिकी पनि यसैमा बित्ने गरेको छ । यसो फुर्सद मिले तराईको गर्मीले तातेको माथलाई शीतलता प्रदान गर्न चैतारीमा बस्ने गर्नुहुन्छ । अनि कतिपय सोही बाटो भएर हिँड्नेहरु अचम्म पनि मान्छन् र चौतारीमा श्रीमान् भेटिए भन्ने गर्दछन् । हामीलाई पनि अनुभूति त्यस्तै भयो ।