२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाको सीट बाँडफाँट गर्न आज पनि कांग्रेस-माओवादी छलफलमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताबीच आसन्न राष्ट्रियसभा सदस्य निर्वाचन सम्बन्धमा आज पनि छलफलमा जुटेका छन् ।

बालुवाटारमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरु निर्वाचनको लागि सीट भागबन्डा मिलाउन छलफलमा जुटेका हुन् । बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र प्रमुख सचेतक पनि सहभागी रहेका छन् ।

मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।

राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । निर्वाचन आयोगले पुस २३ गतेको लागि उम्मेदवारी दर्ता तोकेको छ ।