२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा फेरि ३ नेपालीको मृत्यु, परराष्ट्रमन्त्री रुस जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । रुसी सेनामा थप तीन जना नेपालीको मृत्यु भएको छ ।

यसअघि पनि रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका सात जना नेपालीको ज्यान गएको थियो । यो समेत गरी रुसी सेनामा ज्यान गुमाएका नेपालीको संख्या १० पुगेको छ ।

मंगलबार मात्र रुसी सेनामा स्याङ्जा, धादिङ र कास्कीका तीन जनाको ज्यान गएको खबर आएको थियो । उता अझै पनि ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । उनीहरु रुसी सेनामा रहेका र युक्रेनी सेनाको कब्जामा परी नियन्त्रणमा रहेका हुन् ।

यसैबीच रुसलाई नेपाल सरकारले नेपालीलाई सेनामा भर्ती नगर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि परराष्ट्रमन्त्री एनपी साउद आफै रुस जान लागेका छन् । उनी भोलि हुने नेपाल भारत विदेश मन्त्रीस्तरीय बैठक पछि रुस जान लागेको हुन् ।

रुसलाइ नेपालीलाई भर्ती नगर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि मन्त्री नै मस्को गएर रुस सरकारसँग कुरा गर्ने बताइएको छ ।

फोटो- रासस /एपी