३ भाद्र २०८३, बुधबार
,
Latest
‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसी सेनामा फेरि ३ नेपालीको मृत्यु, परराष्ट्रमन्त्री रुस जाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । रुसी सेनामा थप तीन जना नेपालीको मृत्यु भएको छ ।

यसअघि पनि रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका सात जना नेपालीको ज्यान गएको थियो । यो समेत गरी रुसी सेनामा ज्यान गुमाएका नेपालीको संख्या १० पुगेको छ ।

मंगलबार मात्र रुसी सेनामा स्याङ्जा, धादिङ र कास्कीका तीन जनाको ज्यान गएको खबर आएको थियो । उता अझै पनि ४ जना नेपाली अझै पनि युक्रेनी सेनाको कब्जामा छन् । उनीहरु रुसी सेनामा रहेका र युक्रेनी सेनाको कब्जामा परी नियन्त्रणमा रहेका हुन् ।

यसैबीच रुसलाई नेपाल सरकारले नेपालीलाई सेनामा भर्ती नगर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि परराष्ट्रमन्त्री एनपी साउद आफै रुस जान लागेका छन् । उनी भोलि हुने नेपाल भारत विदेश मन्त्रीस्तरीय बैठक पछि रुस जान लागेको हुन् ।

रुसलाइ नेपालीलाई भर्ती नगर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि मन्त्री नै मस्को गएर रुस सरकारसँग कुरा गर्ने बताइएको छ ।

फोटो- रासस /एपी