८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा News Polar प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी News Polar खोलामा फसेको यात्रुवाहक बसबाट सबै यात्रुको सकुशल उद्धार News Polar एमाले सचिवालय बैठक सुरूः सांगठनिक सुदृढीकरण र राजनीतिक प्रतिवेदनमाथि केन्द्रित News Polar विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने प्रयास नगर्न मन्त्री पुनको आग्रह News Polar सञ्चालक समितिका विशेषज्ञको योग्यता स्नातकोत्तर तह अनिवार्य गर्न तोषिमाको प्रस्ताव News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक समितिबाट सर्वसम्मत पारित News Polar विधि विज्ञान प्रयोगशालालाई ‘लर्निङ प्लेटफर्म’ बनाउन सांसद थापाको प्रस्ताव News Polar काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न रास्वपाले तोक्यो समूहगत तालिका News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री

भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छः डा. तोसिमा कार्की

भ्रष्टाचारमा मुछिएका स्वास्थ्यमन्त्री बस्नेतलाई पदबाट हटाउनुपर्छः डा. तोसिमा कार्की
file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद एवं पूर्वस्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदबाट हटाउनुपर्ने बताउनुभएको छ ।

हुँदै नभएको आधारभुत अस्पतालहरुको सामान खरिद प्रकरणमा करोडौंको कमिसनको चलखेल गरिरहेकाले मन्त्री बस्नेतलाई तत्काल पदबाट हटाउनुपर्ने उहाँको जिकिर थियो । मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा बोल्दै उहाँले अस्पतालहरुमा आवश्यक दरबन्दी थप्न नचाहने, तर हुँदै नभएका अस्पतालहरुमा पनि उपकरण खरिदको नाममा सेटिङमा कमिसन खान खोज्ने मन्त्री बस्नेतलाई स्पष्टिकरण लिएर पदबाट हटाउनका लागि प्रधानमन्त्रीलाई सुझाव दिने काम गर्न पनि संसदीय समितिसँग माग गर्नुभयो ।

सांसद कार्कीले २०७४ सालमा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि भित्र्याउने नाममा ३ अर्वसम्म भ्रष्टाचार गरेको अभियोगमा मुछिएका मन्त्री बस्नेतलाई किन सोही मन्त्री बनाएको भनि पटकपटक प्रश्न समेत गर्नुभयो । उहाँले कानुन विपरित कर्मचारीहरु हटाएर मन्त्री बस्नेतले वीर अस्पतालगायतका अस्पतालका विरामीहरुको उपचारमा समेत समस्या ल्याउने काम गरेको आरोप समेत लगाउनु भयो ।

सांसद कार्कीले भन्नु भयो, ‘हाम्रो माननीय स्वास्थ्यमन्त्री मोहन बस्नेत २०७४ मा स्वास्थ्यमन्त्री हुँदा टेरामेक्स प्रविधि ल्याउने प्रक्रियामा खरिद बिक्री प्रक्रियामा ३ अर्बसम्म भ्रष्टाचार भएको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्ष निकालेर यो मुद्दा चलाउने भएको छ । २०७४ सालमा भएको यो घटना, यसरी मुद्दा चलिरहेको र भ्रष्टाचारको अभियोगमा परेका व्यक्तिलाई सर्वप्रथम त किन यो स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइयो ? भन्ने मेरो प्रश्न । र, साथसाथै जब उहाँ स्वास्थ्यमन्त्री हुनुभयो । आज लगभग ७ महिनाभन्दा बढि भईसकेको छ । उहाँले गर्नु भएको मनोमानीहरु, गतिविधिहरु र अनैतिक कामहरुको सूचि निकै लामो छ ।

म यहाँ केही राख्न चाहन्छु । नियम मिचेर ऐन, कानूनको पनि बेवास्ता गरेर उनले मनपरी ढंगमा निर्देशकहरु हटाउने काम गरेका छन् । भक्तपुर क्यान्सर हस्पिटलका निर्देशक डा. विष्णुदत्त पौडेललाई हटाए । यो यो निर्णयलाई फेरी अदालतले उल्टयाई दियो । त्यस्तै गरी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. दामोदर बास्तोलालाई पनि उनले हटाए मनोमानी तरिकाले । फेरि अदालतले यो निर्णय कार्यान्वयन नगर्न भनेर आदेश दियो । त्यसपछि फेरि उनले वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेललाई हटाउने काम गरे । फेरि अदालतले यो निर्णयलाई उल्टयाई दियो । नरदेवी आयुर्वेद औषधालयका निर्देशक डा. प्रदीप केसीलाई समेतलाई हटाएर उनले अन्य कोहीलाई नियम मिचेर निर्देशक तोकियो भन्ने समाचारहरु पनि आईरहेको छ ।

यतिमात्रै होइन, यसमा मात्रै उनी रोकिएनन सभापतिज्यू, उनले के गरे थाहा छ तपाईलाई ? उनले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरुलाई कुनै प्रक्रिया पनि पूरा नगरीकन ठाडो आदेशमा कामबाट हटाए । र त्यसको एक महिनामा एक दिने सूचना जारी गरेर आफ्नै जिल्लाका मानिसहरुलाई भर्ती गर्नेगरी गुपचुप अन्तर्वार्ता लिएर कर्मचारी राख्ने काम गरिरहेको समाचार पनि आईरहेका छन् । त्यसको सत्यतथ्य छानविन हुनुप¥यो सभापतिज्यू । वीर अस्पतालमा १३३ वर्षदेखि निःशुल्क रुपमा खाना, खाजा खुवाउने गरिएको थियो बिरामीहरुका लागि । यो सुविधा थियो । त्यो मात्रै होइन, बिरामीहरुलाई त्यहाँ अक्सिजन पनि निःशुल्क रुपमा दिइराखिएको थियो । त्यसको समेत पनि बजेट कटौति गरेर अहिले यस्तो अवस्थामा वीर अस्पताल पुग्योकि ग्यास कम्पनीले पत्र काटेर चेतावनी दिएको छ ग्यास सप्लाई बन्द गर्छौं भनेर । यो यो भयो भने दुर्घटना हुन्छ सभापतिज्यु । जनताले पाउने अक्जिसन, खाना, खाजा कटौति गर्नेसम्मको यो हर्कत गर्नलाई उनी किन अघि बढिरहेका छन् ? उनको विशेष इन्ट्रेष्ट खरिद प्रक्रियामा धेरै देखियो ।

निर्माण नै नसकिएका आधारहरु अस्पतालहरुका लागि उनले उपकरणहरु खरिद गर्न लागे । २ अर्ब ४५ करोड रुपैयाँमा स्वास्थ्य सामग्री, खरिद गर्ने काम अघि बढाइएको छ । र एक अर्बको त खरिद पनि अघि बढिसकेको छ भन्ने खालका समाचारहरु आईरहेका छन् । आफू निकट व्यापारीहरुमार्फत खरिद गर्न खोजिएको छ । दरबन्दी थप्नलाई चाहीँ कुनै चासो नदेखाउने, विभिन्न अस्पतालहरुमा भवन बनेका छन, उपकरण छन् । तर दरबन्दी नभएका कारण अस्पताल चल्न पाएका छैनन् । अनि, भवननै निर्माण नभएको ठाउँमा उपकरण खरिद गर्न अघि बढने ? यतिमात्रै होइन, सभापतिज्यु, वागमती प्रदेशमा सिटी स्क्यान मेसिन किन्नका लागि ३ वटा जिल्ला अस्पतालका लागि त्रिशुली अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि सेटिङ मिलाएर नौं करोड कमिसनको खेल खेल्न लागिएको आरोप आरोप आएको छ ।

कहिले तिमीहरु काम गर्न सक्दैनौं भने आत्महत्या गर भनेर निर्मम तरिकाले भन्ने यस्तो स्वास्थ्य मन्त्री रहेसम्म मुलुकका ३ करोड जनताको स्वास्थ्यमाथि गम्भिर खेलबाड भइरहेको छ । यसमा यो समितिको विशेष चासो हुनु पर्दछ । यो समितिको मातहत हुनुभएका स्वास्थ्य मन्त्रीलाई बोलाएर स्पष्टिकरण माग्नुपर्ने हो कि, जवाफ माग्ने हो कि अथवा यो छानविन प्रक्रियालाई निष्पक्ष हुनु दिनका लागि उहाँले यो पदबाट हटनुपर्ने हो ? यो निर्णय चाहीँ हामीले गर्नुपर्छ सभापतिज्यु । होइन भने ठूलो दुर्घटना हुन सक्छ । यी मन्त्रीको गतिविधि हेर्दा निकै असफल देखिन्छन् । यिनलाई यो पदबाट हटाउनका लागि समितिले सुझाव दिनुपर्छ भनेर मैले भन्न चाहेँ ।’

सांसद कार्कीले वीर अस्पतालको बिरामीलाई निशुल्क दिइँदै आएको खाना र खाजा समेत कटौति गरेकाले मन्त्री बस्नेतले त्यो पदमा बसिरहन नमिल्ने बताउनु भयो ।