९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त



अ+ अ-

काठमाडौँ । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज उनलाई समाचार प्रमुख पदमा नियुक्त गरेका हुन् ।

नियुक्तिसँगै पौडेलले पदभारसमेत ग्रहण गरे । जिम्मेवारी सम्हाल्दै पौडेलले टेलिभिजन पत्रकारितालाई पुनर्परिभाषित गर्न आवश्यक भएको बताए ।

पौडेल यसअघि पनि दशकभन्दा बढी समय कान्तिपुर टेलिभिजनमै कार्यरत थिए । उनले कान्तिपुर टेलिभिजनमा ‘सरोकार’ कार्यक्रमसमेत सञ्चालन गर्थे ।

साढे दुई दशकअघि सगरमाथा एफएमबाट पत्रकारिता सुरु गरेका पौडेलसँग च्यानल नेपाल, एपीवान टेलिभिजन, इमेज च्यानल, नेपाल लाइभ अनलाइनमा सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।