६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त



अ+ अ-

काठमाडौँ । कान्तिपुर टेलिभिजनको समाचार प्रमुखमा विजय पौडेल नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आज उनलाई समाचार प्रमुख पदमा नियुक्त गरेका हुन् ।

नियुक्तिसँगै पौडेलले पदभारसमेत ग्रहण गरे । जिम्मेवारी सम्हाल्दै पौडेलले टेलिभिजन पत्रकारितालाई पुनर्परिभाषित गर्न आवश्यक भएको बताए ।

पौडेल यसअघि पनि दशकभन्दा बढी समय कान्तिपुर टेलिभिजनमै कार्यरत थिए । उनले कान्तिपुर टेलिभिजनमा ‘सरोकार’ कार्यक्रमसमेत सञ्चालन गर्थे ।

साढे दुई दशकअघि सगरमाथा एफएमबाट पत्रकारिता सुरु गरेका पौडेलसँग च्यानल नेपाल, एपीवान टेलिभिजन, इमेज च्यानल, नेपाल लाइभ अनलाइनमा सम्पादकीय नेतृत्वमा रहेर काम गरेको अनुभव छ ।