२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ वर्षअघि जहाँ टेस्ट डेब्यु गरेका थिए त्यहीँ इतिहास रच्न सक्छन् जसप्रित बुमराह



अ+ अ-

एजेन्सी । सेन्चुरियनमा भएको खेलमा भारत दक्षिण अफ्रिकासँग नराम्ररी पराजित भएको थियो । भारतले तीन दिनमै आयोजक टोलीसामु आत्मसमर्पण गरेको थियो । पहिलो टेस्ट एक इनिङ्स र ३२ रनले गुमाएपछि अहिले टीम इन्डियाको पूरा ध्यान केप टाउनमा हुने दोस्रो टेस्टमा केन्द्रित छ ।

यदि भारतीय टोलीले केप टाउनमा आफ्नो लाज बचाउनु छ भने जसप्रित बुमराहले आफ्नो जादू देखाउनुपर्नेछ । बुमराहले ठीक पाँच वर्षअघि यही मैदानमा आफ्नो टेस्ट करियर सुरु गरेका थिए । विशेष अवस्थामा, भारतीय फास्ट बलरसँग एकै साथ धेरै दिग्गज बलरहरूलाई पछाडि छोड्ने सुनौलो अवसर हुनेछ ।

बुमराहले आफ्नो टेस्ट करियर २०१८ मा केप टाउनको न्युल्यान्ड्स मैदानबाट सुरु गरेका थिए । बुमराहले दक्षिण अफ्रिकाविरुद्धको डेब्यु खेलमा चार विकेट लिएका थिए । बुमराहले केप टाउनमा हालसम्म खेलेका दुई टेस्ट म्याचमा कुल १० विकेट लिएका छन् । यदि भारतीय तीब्र गतिका बलर सिरिजको दोस्रो टेस्टमा ७ विकेट लिन सफल भए उनले जेम्स एन्डरसनलाई पछाडि छोड्नेछन् ।

हालका बलरहरूमध्ये एन्डरसनले केप टाउनमा सबैभन्दा बढी विकेट लिने कीर्तिमान राखेका छन् । एन्डरसन केप टाउनमा सर्वाधिक विकेट लिने विदेशी बलर हुन् । इंग्ल्याण्डका फास्ट बलरले यस मैदानमा कुल १६ विकेट लिएका छन् । यदि बुमराह जनवरी ३ बाट सुरु हुने दोस्रो टेस्टमा ७ विकेट लिन सफल भएमा एन्डरसनलाई पछि पार्दै इतिहास रच्नेछन् ।

केप टाउन मैदानमा भारतका लागि जाभागल श्रीनाथले सर्वाधिक विकेट लिएका छन् । यस मैदानमा श्रीनाथको नाममा कुल १२ विकेट छन् । केप टाउनमा अनिल कुम्बलेले ११ विकेट लिएका छन् । बुमराहसँग दोस्रो टेस्टमा तीन विकेट लिएर यी दुई बलरलाई पछाडि छोड्ने सुनौलो अवसर हुनेछ । तीन विकेट लिएसँगै बुमराह केप टाउनमा सबैभन्दा बढी विकेट लिने भारतीय बलर पनि बन्नेछन् ।