११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला
file
अ अ+ अ-

गलकोट । बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँलगायत स्थानमा सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।

यस वर्ष सिगानामा राम्रो सुन्तला फले पनि समग्र जिल्लाको तथ्याङ्क हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

सिगानाका बमबहादुर खड्काले यस वर्ष रु चार लाखको सुन्तला बिक्री गर्नुभयो । उहाँ मात्रै हैन रामप्रसाद गौतम, राधा खड्का, टोपबहादुर खत्री र शिवकुमार खड्का लगायतको सुन्तला चितवन, धादिङ, काठमाडाँै, पोखरा र नारायणगढमा पुगेको छ ।

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारी अहिले किसानसँग सुन्तलाको मोलमोलाई गर्न व्यस्त रहेका छन् । सिगानाका शिक्षक शिवकुमार खड्काले यस वर्ष रु एक लाख ५० को सुन्तला बिक्री गरेको बताउँदै सिगानामा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान तीन दर्जन रहेको बताउनुहुन्छ ।

“शिक्षक पेसा भएकाले धेरै ठूलो सुन्तला बगान छैन तर सिगानाको बेँसीदेखि बास्बोटसम्ममा अधिकांश किसानको सुन्तला आम्दानकीको मुख्य स्रोत हो”, खड्काले भन्नुभयो, “सिगानाको समग्रमा एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने किसान ४० जना होलान्, अन्य किसानले समेत ५० देखि एक लाखसम्मको सुन्तला बिक्री गरेकै हुन्छन् ।”

सिगानाका रामप्रसाद गौतम, अनन्तबहादुर खड्काले सुन्तला बिक्रीबाट पाँच/पाँच लाख भित्र्याउनुभएको छ । खड्काका अनुसार श्रीगणेश कृषि सहकारीमार्फत सुन्तला उत्पादन तथा बिक्रीको तथ्याङ्क राख्ने काममा लागेको बताउनुभयो ।

सिगानाको सुन्तला फागुनमा बिक्री गर्ने गरी कोल्ड स्टोरमा समेत राख्ने तयारी भइरहेको छ । कृषि सहकारीको कोल्ड स्टोरमा राखिएको सुन्तला फागुन चैतमा दोब्बर बढी मूल्यमा बिक्री हुने गर्दछन् ।

“सुरु–सुरुमा वडाले तथ्याङ्क राख्ने गरेको थियो, अहिले वडाले ध्यान नदिँदा सहकारीमार्फत सुन्तला उत्पादन र बिक्रीको विवरण राख्न थालिएको छ, यस वर्ष तीन करोड ५० लाख सम्मको सुन्तला सिगानाबाट निकासी हुने लक्ष्य राखिएको छ, ५० प्रतिशत सुन्तला बोटमै रहेका छन्”, उहाँले भन्नुभयो, “सहकारीमार्फत सुन्तला बजारीकरणमा सहयोग गरिएको छ, पोखरासम्म पुग्ने सिगानाको सुन्तलाको माग बढ्दै धादिङ, काठमाडौँदेखि नारायणगढसम्मका व्यापारीहरु सिगाना आएर बोटबाटै सुन्तला खरिद गरेको पाइएको छ ।

यस वर्ष सिगानाका राधा खड्काले रु चार लाख, टोपबहादुर खत्री साढे तीन लाखमा बगैँचा नै व्यापारीलाई दिएका छन् । सिगानाको रामबहादुर खड्का र टोपबहादुर खड्का लगायतको ठूलो सुन्तलाको बगैँचा अझै बिक्री गर्न बाँकी नै रहेको छ ।

सिगानाको सुन्तला अन्य स्तानको भन्दा ठूलो दाना र गुलियो भएकाले महङ्गो मूल्य तिरेरै भए पनि सिगानाको सुन्तला खरिद गर्न व्यापारीहरु आउने गरेको यस वर्ष चितवनका व्यापारीलाई रु पाँच लाखमा आफ्नो सुन्तला बिक्री गरेका अनन्त खड्काले जानकारी दिनुभयो । चिवनको सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला यसपटक सिगानाको सुन्तला चितवन आयात गरिरहनुभएको छ ।

सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रुपमा परिचित सिगानाका झन्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् । रासस