• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

माधव नेपाललाई प्रधानमन्त्रीको फोन–प्रकाश ज्वाला फिर्ता लानुस्, अर्को मान्छे दिनुस्



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही बेरअघि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फोन गरी भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालालाई फिर्ता लैजान भनेका छन् ।

बालुवाटार समाचार स्रोतका अनुसार आज अपराह्न प्रधानमन्त्री प्रचण्डले फोन गरेर माधव नेपालसँग सो कुरा गरेका हुन् । ललितपुरको बालकुमारीमा हालै भएको घटनामा मन्त्री प्रकाश ज्वालाको सवारी नै कारक बनेको निष्कर्ष सबैतिरबाट आउँदै गर्दा प्रधानमन्त्री मन्त्री ज्वालालाई फिर्ता बोलाउने मुडमा देखिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आज बालुवाटारमा यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि परामर्श गरेका थिए । देउवाले प्रधानमन्त्रीको सोचमा खासै विरोध नजनाएको बताइएको छ । बालुवाटार स्रोतले सो घटनाले सरकारमाथि निकै ठूलो आक्रोस थपिएको र देशभरका युवाले आन्दोलनको तयारी समेत गरेको थाहा भएकाले मन्त्री नै बर्खास्त गर्ने मुडमा प्रधानमन्त्री देखिएको दाबी गर्यो ।

यो पनि पढ्नुहोस- जब माधव नेपाल मन्त्री प्रकाश ज्वालासँग पड्किए‘

प्रधानमन्त्री अहिलेको यो आक्रोसलाई केही कम गर्नका लागि यसअघि ललितपुरका सिडियो र प्रहरी प्रमुखजस्तै मन्त्री पनि बर्खास्त गर्न चाहन्छन् । यसैका लागि प्रधानमन्त्रीले माधव नेपाललाई फोन गरेको बालुवाटार स्रोतले बतायो ।

गएको शुक्रबार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो ।

घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो । यो घटनालाई लिएर देशभरका युवाहरु आन्दोलित हुँदा सरकार पनि अप्ठेरोमा परेको छ ।

त्यसैले प्रधानमन्त्री प्रचण्ड पनि प्रकाश ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारका विरुद्धको आक्रोस केही कम गर्नसक्ने योजनामा छन् । सरकारले राष्ट्रियसभाको चुनावपछि मन्त्रिमण्डलमा फेरबदल गर्ने तयारी गरिरहेको भए पनि प्रधानमन्त्री भने प्रकाश ज्वालालाई मन्त्रीबाट निकालेर आफ्ना विरुद्धको आक्रोसमा केही कमी ल्याउने योजनामा रहेको बालुवाटारको स्रोत बताउँछ ।

नेकपा एसको एक समाचार स्रोतले भन्यो ‘यसै त पार्टी भित्रबाट ज्वालालाई फिर्ता बोलाउन दबाब परिरहेको थियो, त्यही बेला भएको यो घटनापछि माधव नेपाल पनि झन् अप्ठारोमा पर्नुभएको छ । त्यसैले उहाँलाई अब मन्त्रीबाट फिर्ता बोलाउने सम्भावना धेरै छ’ नेकपा एसका एक सचिवालय सदस्यले भने ।