• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा ★   निराश हुनुपर्ने अवस्था छैन: अध्यक्ष ढकाल ★   अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गरिए कारबाही हुन्छः दूरसञ्चार प्राधिकरण ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन ★   डर्टमण्डका लिजेण्ड रोएसले सिजनको अन्त्यमा क्लब छाड्ने ★   काठमाडौं महानगरद्वारा न्युरोड क्षेत्रमा गरेको व्यवसाय र घरबहाल कर सम्बन्धि अनुगमन ★   खेलकुद ऐन संशोधन गरिँदै, विद्यमान ऐन नै हुन सकेको छैन पालना ★   सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन

जब माधव नेपाल मन्त्री प्रकाश ज्वालासँग पड्किए…



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग असन्तुष्ट भएको मात्र होइन, पड्किएका छन् ।

कोरियन भाषा परीक्षा (ईपीएस) मा सहभागी हुन पाउनुपर्ने मागसहित आन्दोलित विद्यार्थीले शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सवार गाडीमा आगजानी गरेका थिए । सोही घटनालाइ लिएर उनी विवादमा परेका छन् ।

उनका कारणले नै गाडीमा आगजनी भएको र दुई होनहार युवाको ज्यान गएको सर्वत्र भनिएको छ । घटनालगत्तै आफू पार्टी बैठकमा सहभागी भएर फर्कदा गाडीमा आगजनी भएको मन्त्री ज्वालाले नेता नेपाललाई रिपोटिङ गर्नुभएको थियो । ज्वालाकै भनाइलाई आधार बनाएर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि मन्त्रीको गुनै गल्ती नभएको भन्दै उनको बचाउ गर्दै आएका थिए । तर उनले ढाँटेको कुरा धेरै टिकेन, सोमबार खुल्यो ।

सोमबार बिहान राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री, सुरक्षानिकायका प्रमुख र सांसदहरुले मन्त्री ज्वाला आन्दोलनस्थलको जानकारी हुदाहुदै सो स्थानमा गएका कारण घटना भएको जनाएका थिए । यति हुँदाहुँदै पनि सोही माधव नेपालले उनको बचाउ गरेकै थिए । जस्तो कि सोमबारै दिउँसो नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा नेता नेपालले ज्वालाको प्रतिरक्षा नै गरेका थिए ।

तर साँझ पार्टीका नेता तथा आफ्ना सम्धी सोमप्रसाद पाण्डेय सहित केही नेता बिच भएको छलफलमा नेता नेपालले घटनास्थलमा ज्वालाको भिडियो हेरेपछि भने नेता नेपालले आफूलाई प्रकाश ज्वालाले ढाँटेको थाहा पाए । त्यसपछि पड्किए माधव नेपाल ।

माधव नेपाल यसरी पड्किएका थिए- प्रकाशजीले मलाई गलत ब्रिफिङ गर्नुभयो, आन्दोलन भएको बाटोमा किन जानु परेको थियो र ? प्रहरीले पनि बाटो सहज छैन भनेकै रहेछ त । मान्छेलाई ढाँट्ने ? यस्तो काम गर्ने ? समाचार स्रोतले नेता नेपालको भनाई उद्धृत गर्दै भन्यो । ‘यसै त पार्टी भित्रबाट ज्वालालाई फिर्ता बोलाउन दबाब परिरहेको थियो, त्यही बेला माधव नेपाल यो घटनापछि झन् अप्ठारोमा पर्नुभएको छ । त्यसैले उहाँलाई अब मन्त्रीबाट फिर्ता बोलाउने सम्भावना धेरै छ’ नेकपा एसका एक सचिवालय सदस्यले भने ।

उनले भने ‘सायद मन्त्रिमण्डलमा अरु फेरबदल तत्काल नभए पनि ज्वालाजी भने चाँडै नै फिर्ता हुनुहुन्छ होला । गएको शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । घटनामा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको ज्यान गएको थियो ।

यो घटनालाई लिएर देशभरका युवाहरु आन्दोलित हुँदा सरकार पनि अप्ठेरोमा परेको छ । त्यसैले प्रधानमन्त्री प्रचण्ड पनि प्रकाश ज्वालालाई मन्त्रीबाट फिर्ता बोलाएर सरकारका विरुद्धको आक्रोस केही कम गर्नसक्ने योजनामा छन् । सरकारले राष्ट्रियसभाको चुनावपछि मन्त्रिमण्डलमा फेरबदल गर्ने तयारी गरिरहेको भए पनि प्रधानमन्त्री भने प्रकाश ज्वालालाई मन्त्रीबाट निकालेर आफ्ना विरुद्धको आक्रोसमा केही कमी ल्याउने योजनामा रहेको बालुवाटारको स्रोत बताउँछ ।