१० भाद्र २०८३, बुधबार
,
Latest
राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह रसुवा बाढीको क्षतिबारे ब्रिफिङ, उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्रीको निर्देशन सभामुख अर्यालद्वारा बाढी प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐसेलुखर्कको राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना



अ+ अ-

खोटाङ । ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना गरिएको छ । भौगोलिकरुपमा विकट तथा सुरक्षाका दृष्टिकोणले संवेदनशील क्षेत्र मानिने राखाबाङ्देलमा स्थापना गरिएको अस्थायी प्रहरीचौकीको बुधबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

राखाबाङ्देल स्थानीय बासिन्दाको बस्ती पातलो भएको तथा सुरक्षाका दृष्टिकोणले अति नै संवेदनशील भएकाले तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । ‘समुदायसँग प्रहरी’ भन्ने नेपाल सरकारको नीतिअनुसार राखाबाङ्देलका स्थानीय बासिन्दाको शान्ति-सुरक्षालाई मध्यनजर गर्दै तत्कालका लागि अस्थायी प्रहरीचौकी स्थापना गरिएको जनाइएको छ । 

राखाबाङ्देलमा स्थापना गरिएको प्रहरीचौकीका लागि स्थानीय बासिन्दा एवं समाजसेवी महादेव गिरीले निःशुल्क घर उपलब्ध गराउनुभएको प्रहरीले जनाएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा छजना प्रहरी रहने गरी स्थापना गरिएको अस्थायी प्रहरीचौकी प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख फणीन्द्र दाहाल र गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने राखाबाङ्देलमा स्थानीय बासिन्दाले लामो समयदेखि प्रहरीचौकी स्थापनाको माग गर्दै आएका थिए । राखाबाङ्देलमा अस्थायी प्रहरीचौकी स्थापना भएपछि शान्ति-सुरक्षामा केही सहज हुने स्थानीय बासिन्दाको अपेक्षा छ ।