२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नयाँ वर्षमा ५० हजारले एकैसाथ सूर्य–नमस्कार गरेर विश्व कीर्तिमान बनाए

नयाँ वर्षमा ५० हजारले एकैसाथ सूर्य–नमस्कार गरेर विश्व कीर्तिमान बनाए
अ अ+ अ-

एजेन्सी । भारतको गुजरातले ठूलो कीर्तिमान बनाएको छ । गत सोमबार एकैपटक १०८ स्थानमा ५० हजारभन्दा बढीले सूर्यनमस्कार गरेर गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् ।

नयाँ वर्षको सुरुवातमा सँगै सूर्यनमस्कार गरेर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराइएको हो । १०८ ठाउँहरूमा र ५१ विभिन्न समूहहरूमा यो सम्भव भएको थियो । यसको मतलब गुजरात भरका परिवार, विद्यार्थी, योग प्रेमी र वृद्धवृद्धाहरू संलग्न थिए, जसले मिलेर यो चमत्कार गरे ।

यो कीर्तिमान तोड्ने कार्यक्रम भव्य मोढेरा सूर्य मन्दिरमा भएको थियो, जुन अब आफ्नो सौन्दर्यका कारण मात्र नभई यो कीर्तिमानका लागि पनि चर्चित हुनेछ । गुजरातको नाम गिनिज बुकमा लेखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले यो उल्लेखनीय उपलब्धिको लागि राज्यको प्रशंसा गरे । सूर्यनमस्कारलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन पनि प्रधानमन्त्रीले सबै नागरिकलाई आग्रह गरेका छन् ।