• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

नयाँ वर्षमा ५० हजारले एकैसाथ सूर्य–नमस्कार गरेर विश्व कीर्तिमान बनाए



एजेन्सी । भारतको गुजरातले ठूलो कीर्तिमान बनाएको छ । गत सोमबार एकैपटक १०८ स्थानमा ५० हजारभन्दा बढीले सूर्यनमस्कार गरेर गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् ।

नयाँ वर्षको सुरुवातमा सँगै सूर्यनमस्कार गरेर गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराइएको हो । १०८ ठाउँहरूमा र ५१ विभिन्न समूहहरूमा यो सम्भव भएको थियो । यसको मतलब गुजरात भरका परिवार, विद्यार्थी, योग प्रेमी र वृद्धवृद्धाहरू संलग्न थिए, जसले मिलेर यो चमत्कार गरे ।

यो कीर्तिमान तोड्ने कार्यक्रम भव्य मोढेरा सूर्य मन्दिरमा भएको थियो, जुन अब आफ्नो सौन्दर्यका कारण मात्र नभई यो कीर्तिमानका लागि पनि चर्चित हुनेछ । गुजरातको नाम गिनिज बुकमा लेखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले यो उल्लेखनीय उपलब्धिको लागि राज्यको प्रशंसा गरे । सूर्यनमस्कारलाई आफ्नो दिनचर्याको हिस्सा बनाउन पनि प्रधानमन्त्रीले सबै नागरिकलाई आग्रह गरेका छन् ।