८ पुष २०८२, मंगलवार
,
Latest
सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा



अ+ अ-

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।
 
सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती ३८० औँ हप्तामा : गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३८० हप्ताको कार्यक्रम फरक शैली र सहभागितामा आज सम्पन्न गरिएको छ । कोभिड, हिउँद, वर्षा, घाम, पानीमा अभियानकर्मी विचलित नभई अभियान सञ्चालनमा छ । माथिल्लो भेगमा पछिल्लो समय सौन्दर्र्यीकरणमा प्रयोग भएका सामग्री असरल्ल छरिँदा त्यसको पहरेदारका रुपमा खडा भएका अभियानकर्मी फेरि पनि निरन्तर अभियानको अग्रपङ्क्तिमा उभिएर कर्म गरिरहेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 
  
अनेक आरोह अवरोहलाई पार गर्दै वाग्मती सफाइ अभियान निरन्तर सञ्चालनमा छ । विसं २०७० फागुन ३ गतदेखि प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाइ अभियान निरन्तर जारी छ । गुह्येश्वरीबाट सुन्दरीजलसम्मको क्षेत्रमा सो अभियानले सफाइ गरिरहेको छ ।
 
वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट, आलोकनगरलगायत क्षेत्रमा पनि सफाइ अभियान चलरिहेको छ । यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलामा समेत सफाइ अभियान जारी छ । चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि जनचेतासहित सफाइ अभियान जारी छ ।