४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा

वाग्मती सफाइ महाअभियान ४१० औँ हप्तामा
अ+ अ-

काठमाडौं । वाग्मती सफाइ महाअभियानको ४१० औँ हप्तामा वाग्मती र रुद्रमतीको सङ्गमस्थलमा सफाइ गरिएको छ ।
 
सफाइबाट नौ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र प्रहरी महिला श्रीमती सङ्घलगायतका संस्थाका पदाधिकारी एवं सदस्यको सक्रिय सहभागिता थियो । मुख्य अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सफाइमा सक्रियता थियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको आज बिहान दुई घण्टा प्रतिकूल परिस्थितिमा पनि जारी छ । महाअभियानबाट प्रभावित भएर वाग्मतीका सहायक नदीसमेत सफाइ शुरु गरिएको छ । यसैगरी देशभरका मुख्य शहर एवं नदी सफाइ पनि भइरहेको छ । हालसम्म देशभर १०७ स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

गुह्येश्वरीमाथिको वाग्मती ३८० औँ हप्तामा : गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३८० हप्ताको कार्यक्रम फरक शैली र सहभागितामा आज सम्पन्न गरिएको छ । कोभिड, हिउँद, वर्षा, घाम, पानीमा अभियानकर्मी विचलित नभई अभियान सञ्चालनमा छ । माथिल्लो भेगमा पछिल्लो समय सौन्दर्र्यीकरणमा प्रयोग भएका सामग्री असरल्ल छरिँदा त्यसको पहरेदारका रुपमा खडा भएका अभियानकर्मी फेरि पनि निरन्तर अभियानको अग्रपङ्क्तिमा उभिएर कर्म गरिरहेको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो । 
  
अनेक आरोह अवरोहलाई पार गर्दै वाग्मती सफाइ अभियान निरन्तर सञ्चालनमा छ । विसं २०७० फागुन ३ गतदेखि प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाइ अभियान निरन्तर जारी छ । गुह्येश्वरीबाट सुन्दरीजलसम्मको क्षेत्रमा सो अभियानले सफाइ गरिरहेको छ ।
 
वाग्मतीको तिलगङ्गा, सुन्दरीघाट, आलोकनगरलगायत क्षेत्रमा पनि सफाइ अभियान चलरिहेको छ । यसैगरी वाग्मतीका सहायक नदी रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोलामा समेत सफाइ अभियान जारी छ । चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि जनचेतासहित सफाइ अभियान जारी छ ।