५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.55

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज मंगलबार सुन–चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला पाँच सय रूपैयाँ बढेर एक लाख २१ हजार रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख २० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १९ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेर १४ सय ६० रूपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।