३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीमा सभामुख समस्या हुनुभयो: बाबुराम भट्टराई



अ+ अ-

काठमाडौं।पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टी(जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीका बारेमा सभामुख अग्नि सापकोटाले समाधान गर्ने भन्दा पनि समस्या खडा गरेको आरोप लगाउनु भएको छ।सामाजिक संञ्जाल मार्फत नेता भट्टराईले सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छ भन्दै प्रश्न गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ–जिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ? नेता भट्टराईले लेख्नुभएको छ "हलो अड्काएर गोरू चुट्नु नेपाली राजनीतिको प्रिय धन्दा बन्नु बिडम्बनापूर्ण छ।प्रमुख प्रतिपक्षले संसद चल्न नदिने,सभामुखले सर्वदलीय सहमति नभए सदनमा प्रस्ताव प्रस्तुत हुन नदिने हो भने प्रतिनिधिमूलक लोकतन्त्र कसरी चल्छरुजिम्मेवार दल र नेताले समस्याको समाधान दिने कि समस्या सिर्जना गर्ने ?"

सभामुख अग्नि सापकोटाले  “एमसीसी संसद्को मात्र विषय नरहेका कारण, यो नागरिकस्तरमा पनि धेरै बहस र छलफल भएको विषय भएको ले  दलहरु राष्ट्रिय सहमति खोजेर मात्र संसद् मा आउन आग्रह गर्नुभएको थियो ।