९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने

यसरी पल्टिन्छ खुदो !

यसरी पल्टिन्छ खुदो !
अ अ+ अ-

पोखरा । कसैलाई केही फलिपाप भयो भने भनिन्छ, खुदो पल्टियो । तर साँच्चीकै खुदो कसरी पल्टिन्छ ? नयाँ पुस्तालाई थाहा नहुन सक्छ । उखुको रस पकाएर खुदो बनाउने चलन केही ठाउँमा मात्रै बाँकी छ । कास्की पोखरा महानगरपालिका वडा नम्बर ३२ को मालेपाटन र ढोडबेसीँमा अझैसम्म त्यही चलन रहेको छ । अझै पनि खुदो पकाउने चलन हराएको छैन ।

पोखरा ३२ मालेपाटन र ढोडबेसीँमा पुर्खाका पालादेखि नै उखुखेती हुन्थ्यो । कहिलेदेखि उखुखेती हुन्थ्यो यकिन नरहेको स्थानीय बताउँछन् । मालेपाटन र ढोडबेसीँका करिव ८०  परिवारले २ सय रोपनीमा उखुखेती गर्दै आएका छन् । त्यही उखु पेलेर वर्षेनी खुदो पकाएर बेच्छन् । पुस पन्ध्र र माघे संक्रान्तिमा खुदो खाने चलन पनि छ । अनदी चामलको लट्टे पहिला–पहिला खुदो हालेर गुलियो पारिन्थ्यो । माघे संक्रान्तिमा खुदो हालेर चिउरा खाइन्छ । त्यसैले यो मौसम उखु र खुदोको मौसम हो । बीउ रोपेको एक वर्षमा उखुको लाक्रा काट्न ठिक्क हुन्छ । लाक्रा मेसिनमा पेलेर रस निकालिन्छ र रस पकाइन्छ । ५ घण्टा उमालेको उमाल्यै गरेपछि खुदो हुन्छ । यहाँका किसानले केही वर्ष पहिलेसम्म कोलमा उखु पेल्थे । दाइँमा जस्तै गोरुले कोल घुमाइन्थ्यो । पोखरा महानगरले डेढ लाख रुपैयाँ सहयोग गरेपछि त्यसमा केही पैसा थपेर स्थानीयले बिजुलीबाट चल्ने कोल किनेका छन् ।

मेसिनले पेलेर निकालेको रस भने दाउराको आगोमा पकाउँछन् । दुई ठाउँमा गरेर करिव २ सय रोपनीमा उखु खेती हुँदै आएको छ सिंचाईको सुविधा नभयकोले यस क्षेत्रका वासिन्दाले उखु खेती गर्न थर्न थालेको र उखु खेतीकै कारण गाँउको नाम नै ढोडबेसीँ रहन गएको धेरैको बुझाई छ । पहिला पहिला ढोडबेसीँका किसानले उखुबाट तयार पारेको खुदो बिक्री गर्न उत्तिकै समस्या थियो तर अहिले गाँउबाटै सबै खुदो बिक्री हुने गरेको स्थानीय काशी धमलाको भनाइ छ । उहाँलै पहिला उखुको उत्पादन बढी हुने गरेको तर मूल्य नपाइने गरेको भएपनि अहिले उत्पादन कम भएको तर मूल्य राम्रो पाइरहेको बताउनु भयो ।

यो वर्ष गाँउबाटै प्रतिलिटर ४ सयका दरले खुदो बिक्री भइरहेको छ । यो क्षेत्रका किसानले प्रतिवर्ष कम्तीमा १५ हजार लिटर खुदो तयार गर्दछन् । तर गाँउका युवाको विदेश मोह र झन्झटीलो काम अनि आम्दानीका अन्य श्रोतका कारण उखु खेतीबाट हात झिक्नेहरु बड्दै गएको स्थानीय बताउँछन् । स्थानीय महादेवप्रसाद धमलाले पहिला धेरै राम्रो भएको र अहिले मानिसहरु धेरै बाहिर जाने क्रमले काम गर्ने युवा जनशक्ति नहुँदा उखु उत्पादन कम हुँदै गएको बताउनु भयो । उहाँले सरकारले कुनै राहत नदिएको गुनासो गर्नुभयो ।

उत्पादन भएको उखु र त्यसबाट बनेको खुदो बिक्री गर्न किसानहरुलाई चिन्ता भने छैन । घरगाउँमा एकाध गाँज उखु भएपनि खुदो पकाएर बेच्ने गरी कास्कीका अरु गाउँमा खेती भएको छैन । मालेपाटन र ढोडबेसीँमात्रै एक्लो गाउँ हो । रोपेपछि वर्षमा ३ पटक गोड्नुपर्ने उखुखेती परम्परा धान्न मात्रै गर्दै आएको किसान बताउँछन् ।