२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास गर्दे छौ : माधब नेपाल

पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास गर्दे छौ : माधब नेपाल
अ अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीमा ३ बर्ष देखि लागेको खिया हटाउने प्रयास आफुहरुले गरेको बताउनुभएको छ । 
नेपाल कम्युनिष्ट पार्टी एमाले नेपाल खनाल पक्षको युवा संघको राष्ट्रिय कार्यकर्ता भेलालाई सनिबार काठमाण्डौमा सम्बोधन गर्दै बरिष्ठ नेता नेपालले ३ बर्षदेखि पार्टीमा खिला लागेको र आफुहरुले खिया फाल्ने प्रयास गरिरहेको बताउनुभएको हो । पूर्ववत रुपमा रहेका पार्टीका सवै संरचनाहरुको बैठक, भेला लगायत कार्य गर्दै कार्यकर्तामा फेरि उही उत्साह र एकता भर्ने गरि विचारलाई सफा बनाउने काम भईरहेको उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो “३ बर्षसम्म सबै तिर काई लागेको थियो खिया लागेको । खियालाई हामी विस्तारै हटाउदैछौ । काईलाई हटाउदै छौ । खिया हटाउदैछौ । फेरी हामी दाँत माझ्दैछौ । अब फेरी ब्रसिङ गरेर दाँतले हामी फ्रेस एयर दिनेछौ । गन्हाएको थियो मुख । फेरि ब्रस गरेर उत्साहीत बनाउदैछौ । झण्डै झण्डै हाम्रो मुख गन्हाएर हैरान भइसकेको थियो । फेरि हामीले त्यो फोहर मैलालाई तुतपेष्टले क्लीयर पारेर सफा र स्वच्छ वायुको साथसाथ प्राणवायु अनि फ्रेस अक्सिजन भरिन्छ  फ्रेस अक्सिजन के हो ? प्राणवायु के हो ? माक्र्सवादको विचार हो । जसरी शरिरमा अक्सिजन चाहिन्छ त्यसैगरी संगठनमा विचार चाहिन्छ ।  त्यो विचारले उर्जा र शक्ति दिएर अघि बढ्नलाई प्रेरित गर्ने बताउनुभयो । ”
उहाँले पार्टी एकिकरणपछि एकता अगाडिकै अवस्थामा फर्कनु भनेर सर्वौच्च अदालतले फैसला गर्नु भनेको “जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ” भने जस्तै भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “सर्वोच्च अदालतले फैसला गरेछ, दुईवटा पार्टीले नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाएको भएतापनि त्यो चाही हामी मान्दैनौ तिमीहरु पुरानै ठाउँमा फर्क भनेर उसले फैसला गरिदिएछ । यो जन्मेको बच्चा मान्दैनौ फेरि गर्भमा लैजाउ भने जस्तै फैसला हो । बच्चा जन्मिईसकेको छ । नयाँ संगठन अस्तित्वमा आईसकेको छ । त्यो मान्दिनँ भन्दियो सर्वोच्च अदालतले । फैसला गलत भएतापनि सर्वोच्च अदालतको फैसला भएकाले असहमति भएर पनि मान्दैनौ भन्न मिलेन । नाम मिलेन नाम जुध्यो भन्न सकिन्थ्यो । नाम फेरेर आउनुहोस् भन्न सकिन्थ्यो । नाम फेर्न पो भन्ने हो एकताको कुरै मान्दैनौ भन्ने । त्यो फैसलामा बहस फैसला त गर्दै गरौला तर हामी निर्णय मान्न बाध्य छौ । ”
बाईट …. माधव कुमार नेपाल, वरिष्ठ नेता, नेकपा एमाले
पार्टीमा सबैभन्दा ठूलो समस्याको जड नै अध्यक्ष केपी ओली भएको भन्दै उहाँले सर्वोच्च अदालतको फैसलापछि पुर्ववत संरचनालाई नै अस्तित्वमा ल्याउँ भन्ने आफुहरुको प्रस्ताव ओलीले नमानेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो “पुर्व एमाले व्युँतनुको अर्थ के हो भने ? पुर्व एमालेमा केपी ओली पनि आउनुपर्यो । हामी पनि त्यही ठाउँमा पुग्न पर्यो । केपी ओलीमा जाने होइन । यो कुरा प्रष्ट हुनुपर्यो । पुर्व एमाले व्युँतनु भनेको पुरानो संगठन फेरी व्युँताउने हो । आज पार्टी भित्र विवाद भईरहेको कुरा त्यही छ । पुर्व एमाले व्युँतिईसकेपछि कहिले कहाँ कुन मितिमा सुरु हुन्छ ? आज पार्टीमा सबैभन्दा विवादको विषय त्यही छ । केपी ओली त्यो कुरा मान्न तयार हुनुहुन्न । ”
मुलुकभर पार्टीका सबै संगठनको राष्ट्रिय भेला गरिने भन्दै उहाँले किसान संघ, उत्पिडीत समुदाय लगायतको राष्ट्रियभेला गरि पुर्नजीवन र पुर्नताजगी दिने बताउनुभयो । उहाँले लोकतन्त्रको पक्ष र प्रतिगमनकारी विरुद्धको आन्दोलनमा आफुहरु एकताबद्ध भएर अघि बढ्ने बताउनुभयो । पार्टीको सुदृढिकरण र विस्तारका लागि धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्न पनि उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो “हामी सानो चित्तका छैनौ । मन सानो छैन । चित्त सानो छैन । सबैलाई समावेश गर्ने गरि हामी जानेछौ । त्यसैले धेरै भन्दा धेरै युवालाई संगठनमा आवद्ध गर्नुहोस् ।”
पार्टीको अवस्था देखेर झोक््रयाएर नबस्न उहाँले युवाहरुलाई निर्देशन दिनुभयो । उहाँले नयाँ उत्साह र जोशका बैचारिक अभियानमा पार्टी लागेको भन्दै यो अभियानले कम्युनिष्ट विरोधीलाई परास्त गर्ने दाबी गर्नुभयो ।