११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल

सीमा बस्तीका स्थानीयको दुखेसो- हात्तीबाट जोगिन गाह्रो भयो

सीमा बस्तीका स्थानीयको दुखेसो- हात्तीबाट जोगिन गाह्रो भयो
file
अ अ+ अ-

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै हुनुहुन्छ । साढे दुई दशकदेखि नेपाल–भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा भत्काएर दुई बोरा धान जङ्गली हात्ती नगट गरेपछि कसरी छाक टार्ने भन्ने समस्याले चिन्तित हुनुहुन्छ ।

“छोरीले गाउँमै केही गरेर जीविका चलाउला भनेर टिन हालेर होटल खोलिदिए”, कमलाले भन्नुभयो, “होटलबाट जीविका चलाउन गाह्रो भएपछि मजदुरीका लागि भारत गएकी छोरीको घरको छानो नै हात्तीले केही दिन अघि भत्काइदियो ।”

नेपाल–भारत सीमास्तम्भ नं ८०० सय नजिक सुनारको घर छ । भारतीय जङ्गलबाट आउने हात्तीको बथानले कमला जस्तै बस्तीका अधिकांश स्थानीय पीडित छन् । “हरेक दिन राति हात्तीकै त्रासदीले अनिँदो बस्नुपरेको छ”, सुनारले भन्नुभयो, “हात्ती गाउँमा पल्किएर खेतमा मात्रै होइन घरभित्रको अन्नसमेत खान छाड्दैनन् ।”

दोधारा चाँदनी नगरपालिका–३ का वडा सदस्यसमेत रहेका बडुवाल टोलका लक्ष्मी रानाले सीमा बस्तीका स्थानीयले जङ्गली हात्तीबाट प्रताडित हुन थालेको १२ वर्ष बितिसकेको बताउनुभयो । “दोधाराचाँदनीमा मात्रै केही समययता हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाइसके”, वडा सदस्य रानाले भन्नुभयो, “यो पटक मात्रै बडुवाल टोलमा आठ घर हात्तीले भत्काएका छन् ।” उहाँले जग्गाधनी पुर्जा नहुँदा वन्यजन्तुबाट ज्यान गुमाउँदा राज्यबाट पाउने क्षतिपूर्तिसमेत नपाएको उहाँको भनाइ छ ।

भौगोलिकरुपले विकट बडुवाल टोलको पश्चिमतर्फ भारतीय जङ्गल पर्छ । जोगबुढा नदी पारीको बस्ती बडुवाल टोलबाट हात्तीकै त्रासदीले स्थानीय सीता सुनारले १८ कठ्ठा खेत नै बाँझो राख्नुभयो । “भारतीय जङ्गलबाट आउने हात्तीले अन्नबाली सखाप पार्न थालेपछि खेत नै खाली छोडिदिए”, उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि सरकारले ठोस कदम नै चालेन ।”

प्राय:बस्तीमा हात्तीको बथान आइरहने बताउँदै उहाँले हात्ती धपाउन गाउँमा आगो पाल्नेदेखि होहल्ला गर्ने काम गर्नु नै आफूहरुको दैनिकी बनेको सुनारको भनाइ छ । उता वडा सदस्य रानाले हात्तीपीडितका लागि दोधाराचाँदनी नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरेर राहत सामग्री वितरण गरिएको बताउनुभयो ।

“दातृ निकायबाट पनि हात्तीपीडित भनेर गाउँमा धेरै सहयोग भएको छ”, उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि तारजालीको आश्वासन मिले पनि उपलब्ध भएको छैन ।” उहाँले स्थानीयले खेतमा गरेको मेहनत नै हात्तीका कारण असुल हुन समस्या भइरहेको बताउनुभयो ।

त्यसैगरी बडुवाल टोलमा रहेको गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर ओलीले बडुवाल टोलमा स्थानीयले सीमा संरक्षणमा पहरेदारी गरे पनि नागरिकले जिउधनको रक्षामा सरकार गम्भीर नभएको बताउनुभयो ।

“यतिका वर्षदेखि सीमामा दु:ख कष्ट सहेर बसिरहँदा हामीले हात्तीको आक्रमण एवं क्षति रोक्न दीर्घकालीन उपाय खोज्न सकेनौँ”, उहाँले भन्नुभयो, “सीमाको वनक्षेत्रमा तारजाली लगाएर हात्ती नियन्त्रणका लागि गाउँलेले धेरैपटक माग गर्दा वास्ता भएन् ।” तीन सयभन्दा बढी परिवारको बसोबास रहेको बडुवाल टोलमा अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारतका विभिन्न सहरमा गएर जीविकोपार्जन गर्दै आएका छन् । रासस