• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

गृहमन्त्रीले भने- बालकुमारी घटनामा सुरक्षा कमजोरी भयो



फाईल फोटो

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गएको शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनामा सुरक्षाको कमजोरी भएको स्वीकार गरेका छन् ।

उनले भने- फिल्डमा खटिएका प्रहरीको कमाण्डर, मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा पनि त्रुटि रहेको छ । उनीहरुका बीचको आपसी समन्वय नुहँदा पनि यो दुर्घटना हुन गएको छ ।

संसदीय समितिको आजको बैठकमा सो घटनाबारे जानकारी दिँदै मन्त्री श्रेष्ठले इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नदेखिएकाले पनि बढी रियाक्टिभ हुन पुगेको बताए । श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको र ललितपुरको प्रमुख जिल्ला अधिकारी, ललितपुरका प्रहरी प्रमुख र फिल्ड कमाण्डमा खटिएका प्रहरी कमाण्डर डीएसपीलाई पनि जिम्मेवारीबाट जानकारी पनि उनले आजको सो बैठकमा दिएका थिए ।

शुक्रबार भएको सो दुर्घटनामा परी दुई युवाको ज्यान गएको छ । उता मन्त्री ज्वालाको गाडीमा पनि आगजनी भएको छ । यसबारेमा छानबिन गर्न सरकारले आज न्यायिक समिति नै गठन गरेको छ ।