२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar निर्वाचन आयोगविरुद्ध प्रदर्शन गर्ने भारतका दुई युवा नेता पाँच दिनका लागि हिरासतमा News Polar गृहमन्त्री गुरुङ स्वदेश फिर्ता News Polar उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना News Polar सेतो छडी: दृष्टिविहीन व्यक्तिको सहारा र पहिचान News Polar साउदी अरबको आत्मरक्षाको अधिकारप्रति पाकिस्तानको पूर्ण समर्थन News Polar कोलम्बियाद्वारा जेरुसेलममा इजरायलका लागि दूतावास उद्घाटन News Polar उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट News Polar मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा News Polar यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक News Polar गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै, यस्ता छन् मुख्य आकर्षण News Polar एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण News Polar भोटेकोशी बाढीपीडितलाई छ महिनाभित्र अस्थायी आवासमा सारिने News Polar कलङ्कीमा कुटपिटबाट किशोरको मृत्यु, तीन जना पक्राउ News Polar १० देशका राजदूतको नाम अनुमोदन,साउदीका लागि प्रस्तावित सुनार र मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत News Polar साकेलामा सामाजिक सुरक्षाभत्ता वितरण शिविरः ७९५ जना लाभग्राही लाभान्वित News Polar अवैधरूपमा नेपाल प्रवेश गरेका १० विदेशी नागरिक नियन्त्रणमा News Polar बाढी प्रभावितलाई पुनःस्थापना गर्नुपर्छ-केपी शर्मा ओली News Polar पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत वितरण News Polar ठगीको आरोपमा फरार ठाकुर पक्राउ

हुलाकी सडक द्रुत गतिमा निर्माण

हुलाकी सडक द्रुत गतिमा निर्माण
अ अ+ अ-

वीरगञ्ज । सरकारको उच्च प्राथमिकतामा रहेको हुलाकी सडक दु्रतगतिमा निर्माण हुन थालेको छ । यसले ग्रामीण क्षेत्रमा रहेका सडक सञ्जाललाई सदरमुकाम वीरगञ्जसँग जोड्ने काम समेत गरेको छ । 

पर्साका १४ स्थानीय तहमा रहेको सडक हुलाकी सडकसँग जोडिन थालेपछि सुदूर ग्रामीण क्षेत्रका जनता, यातायातका सवारीसाधन तथा ग्रामीण क्षेत्रमा उत्पादन हुने अन्नबाली बजारसम्म आउन सहज र सजिलो पनि भएको छ ।  यसबाट ग्रामीण क्षेत्रका किसानको आर्थिक वृद्धिदर बढ्दै गएको किसान विजय पंडितको भनाइ छ ।

जिल्ला सदरमुकाम वीरगञ्जदेखि ठोरीसम्मको हुलाकी सडकको निर्माणले पछिल्लो समय गतिलिन थालेको छ । तीस–तीस किलोमिटर गरी दुई प्याकेजमा निर्माण भइरहेको सो सडकको पहिलो प्याकेजको काम ५७ र दोस्रो प्याकेजको काम ८७ प्रतिशत सम्पन्न भई सकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

प्याकेज एकअन्तर्गत वीरगञ्जको प्रतिमा चोकदेखि चमरी टोलसम्म ३० किलोमिटर र प्याकेज दुईअन्तर्गत चमरी टोलीदेखि ठोरीसम्म निर्माण भइरहेको छ ।  सो सडक रु दुई अर्ब ११ करोड भारतीय सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको कार्यालयका सूचना अधिकारी सञ्जयकुमार ठाकुरले राससलाई बताउनुभयो ।   

सो सडकअन्तर्गत प्याकेज नं १ मा ११ किमी र प्याकेज नं २ मा २४ किमी गरी जम्मा ३५ किमी सडकमा कालोपत्र राख्ने काम सम्पन्न भइसकेको छ । प्याकेज एकको सडक २०७७ जेठ २० गते र प्याकेज २ को सडक २०७७ चैत १८ गतेसम्म सम्पन्न गरी सक्नेगरी ठेकेदार कम्पनीले तीव्ररुपमा कामको थालनी गरेको बताइएको छ । सो सडक बनिसकेपछि पर्साको दुर्गम ग्रामीण क्षेत्रका १५ हजार २१८ घरधुरी प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।

यसैगरी सरकारको रु सात करोड ७१ लाख ७३ हजार ७५० बराबरको लागतमा निर्माण भइरहेको तिलावे पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको छ । वीरगञ्ज महानगरपालिकालाई १३ स्थानीय तहसँग जोडिएको सो पुलको लम्बाइ १०० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

बारा जिल्लाको गढीमाई–बरियारपुर–कवहीगोठलाई जोड्ने १० दशमलव छ किलोमिटर लम्बाइ रहेको सो सडकको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । सरकारको रु चार करोड ४५ लाख ५१ ह्जार ४८१ को लागतमा निर्माण भइरहेको सो सडकको दुई किमीसम्म कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

यसैगरी बारा तथा रौतहट जिल्लाको सीमामा हुलाकी सडकअन्तर्गत निर्माण भइरहेको अरुवा खोलामा पुल निर्माणको काम ५० प्रतिशत सम्पन्न भएको छ । बीस मिटर लम्बाइ र ११ मिटर चौडाइ भएको सो पुल नेपाल सरकारको रु पाँच करोड ३३ लाख २७ हजार ९७५ को लागतमा निर्माण भइरहेको छ ।

रौतहट जिल्लाको वाग्मती–फतुवा–महेशपुर र अरुवासम्म १९ दशमलव ११ किमी लम्बाइ भएको हुलाकी सडकको निर्माण भइरहेको छ । हालसम्म सो सडकको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भइसकेको छ । सो सडकखण्डको ११ किलो मिटरसम्म कालोपत्र काम भइसकेको छ । सरकारको रु ७७ करोड ३९ लाख ९९ हजार ९७५ को लागतमा निर्माण भइरहेको जनाइएको छ ।पर्सा, बारा, रौतहट र चितवनसम्म हुलाकी सडकको १८३ किमी लम्बाइ रहेको छ । सर्लाही जिल्लाको कर्मैयास्थित वाग्मती पुलदेखि वीरगञ्जको प्रतिमा चोकसम्म ५५ किमी, वीरगञ्जदेखि ठोरीसम्म ६० किमी र ठोरी–माडी– भरतपुरसम्म ६८ किमी गरी जम्मा १८३ किमीसम्म हुलाकी सडक धमाधम निर्माण भइरहेको छ । तीमध्ये १२२ किमी हुलाकी सडकमा कालोपत्रको काम सम्पन्न भइसकेको छ ।

सो सडकअन्तर्गत २५ किमी चितवन राष्ट्रिय निकुञ्जभित्र पर्ने भएकाले वन मन्त्रालयले सो सडक बनाउन अनुमति नदिएको सो कार्यालयले जनाएको छ । हाल पर्साको ठोरीदेखि चितवनसम्म जङ्गलको बाटो भएर यातायातका सवारीसाधन चले पनि कालोपत्र सडक नहुँदा समस्या भोग्दै आएका छन् ।

सरकारको बहुप्रतिक्षित आयोजनाका रुपमा रहेको हुलाकी सडक निर्माणले गति लिएपछि ग्रामीण क्षेत्रका सडक राजमार्गमा रुपान्तरित हुन थालेको छ ।  ग्रामीण क्षेत्रका उत्पादन सहजैरुपमा बजारसम्म ल्याउन सहिजा भएकोे स्थानीयवासीको भनाइ छ । रासस