• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo

अपहरणको आरोपमा चाबहिलबाट चार जना पक्राउ



काठमाडौँ । चाबहिलबाट एकजना पुरुषलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरिएको छ । मङ्सिर १० मा रसुवा घर भएका हिस्सीछायाँ तामाङलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

पिडीत तामाङले अपहरणकारीले आफूलाई अपहरण गरेर बौद्ध हुँदै जङ्गलमा लगेर फिरौती लिएर छाडेको प्रहरीलाई खबर गरेका थिए । अपहरणकारीले साढे १३ लाख फिरौती लिएको उनको भनाई छ ।

पक्राउ पर्नेमा काठमाडौंको बसपार्क बस्ने ४२ वर्षीय तेजमान तामाङ, शंखरापुरको थली बस्ने ३२ वर्षीय कर्मा छेवाङ थिङ, माकलवारी बस्ने २६ वर्षीय सौगात तामाङ र थली बस्ने ३८ वर्षीय सम्राट भन्ने विरे तामाङ छन्।

अपहरणमा संलग्न आशङ्कामा ४ जनालाई सोधपुछ गर्न नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए। घटनाबारे आवश्यक अनुसन्धान भईरहेको उनले बताए ।