८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar जुफालमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा बाहिरियो, सबै यात्रु सुरक्षित News Polar भारी वर्षाको सम्भावना: बिदाका दिन समेत स्वास्थ्यकर्मीलाई सम्पर्कमा रहन मन्त्रालयको निर्देशन News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि

अस्ट्रेलियासामु चुनौती, वार्नरपछि को बन्छ ओपनर ?

अस्ट्रेलियासामु चुनौती, वार्नरपछि को बन्छ ओपनर ?
अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले जनवरी ३ देखि पाकिस्तानविरुद्ध आफ्नो करियरको अन्तिम टेस्ट खेल्ने भएका छन् ।

अहिलेसम्म उनले १११ टेस्ट खेलेका छन्, जसमा उनले ४४.५८ को औसत र ७० को स्ट्राइक रेटमा ८६९५ रन बनाएका छन् । यस्तो अवस्थामा वार्नरको सन्यासपछि स्थानान्तरण गर्नु चयनकर्ताका लागि ठूलो चुनौती हो ।

वार्नरको टेस्ट डेब्यूदेखि नै ओपनरको स्थितिबारे क्रिकेट अष्ट्रेलियाले धेरै सोच्नुपरेको थिएन, किनभने वार्नरले ओपनिङको एक छेउ सँधै राखेका थिए । तर, अहिले अष्ट्रेलियाले टोलीमा वार्नरजस्ता खेलाडी छनोट गर्न चाहेको छ जो टोलीको एक छेउलाई सम्हाल्न सक्ने होस् । किनभने, यो वर्ष न्युजिल्यान्ड, श्रीलंका र वेस्ट इन्डिजसँग सिरिज खेल्नुपर्नेछ ।

टेस्टमा वार्नरको स्थानमा क्यामरुन ब्यानक्रफ्ट, म्याट रेन्शा र मार्कस ह्यारिसको नाम प्रबल दावेदारमा परेको छ । तीनै खेलाडीले सन् २०२१ देखि शेफिल्ड शिल्डमा ओपनरका रूपमा राम्रो प्रदर्शन गर्दै आएका छन् ।

१. ब्यानक्रफ्टः ५२ इनिङ्समा २३८४ रनको उच्चतम स्कोर । ५०ं को औसतमा १० शतक ।

२. ह्यारिसः तेस्रो उच्चतम स्कोरर । ३७.६८ को औसतमा ५ शतक र १५४५ रन बनाएका छन् ।

३.रेन्शाः प्रतियोगिता मा दोस्रो उच्च औसत छ । १९ इनिङ्समा ६५८ रन बनाए ।

ब्यानक्रफ्टले बल टेम्परिङ काण्डपछि कुनै पनि टेस्ट खेलेका छैनन् । ५ नम्बरमा खेल्दै रेन्सा प्रथम श्रेणीमा बढी सफल भएका छन् । ह्यारिसले काउन्टीमा उत्कृष्ट प्रदर्शन गरे पनि घरेलु खेलमा भने औसत रहेको छ ।

अष्ट्रेलियाका चयनकर्ताहरूले वार्नरको विकल्पको घोषणा गर्दा विदेशमा खेलाडीको प्रदर्शनमा ध्यान दिनेछन् । रेन्शा यस दौडमा अगाडि छन् । अष्ट्रेलिया, इङ्गल्याण्ड, दक्षिण अफ्रिका र न्युजिल्यान्डमा रेन्शाको औसत ४०ं माथि छ ।