• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित ★   गृहमन्त्रीको विरोधमा संसद् भवन अगाडि नेविसंघको प्रदर्शन, ११ जना पक्राउ– तस्बिरहरु ★   संसदमा काँग्रेसले असभ्य व्यवहार देखायोः ओली ★   युरो कपका लागि जर्मनीको टोली घोषणा ★   डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट ★   राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय ★   काँग्रेसको अवरोधपछि जेठ ६ गतेसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित ★   उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिनुपर्नेमा राप्रपाको जोड ★   हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग ★   सन्दीपलाई मेरिना इम्पेक्सको सुट

गोली चलाउन आदेश दिने र मन्त्रीका पिएसओ निलम्बन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो बालकुमारी क्षेत्रमा दुईजनाको ज्यान जाने गरी भएको घटनामा प्रहरीको गल्ती भएको बताउनुभएको छ ।

शनिबार मजदुरहरूको संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालकुमारी घटनाप्रति सरकार संवेदनशील बनेका र गोली हान्ने आदेश दिने प्रहरी अधिकारी र घटनाको विषय परिस्थिति अड्कल गर्न नसकेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाका पिएसओलाई पनि निलम्बन गरिसकेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो , ‘हिजो घटना हुँदा म दोलखामा थिएँ। आज बिहान मात्रै बालुवाटारमा सम्बन्धित पक्षहरूलाई बोलाएर बुझ्‍ने काम भएको छ। राजनीतिक कदम पनि चालिसकिएको छ। मन्त्रीको पिएसओलाई निलम्बन गरिएको छ। गोली चलाउने अधिकारीलाई पनि निलम्बन गरिएको छ ।’
लाई व्‍यवस्थित गर्दै लैजाने पनि उनले बताए।

हिजो बालकुमारी क्षेत्रमा प्रदर्शन हुँदा प्रहरीको गोली लागेर दुईजना युवाको मृत्यु भएको थियो ।