८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि

सरकारको कामकारबाहीप्रति नेकपा एसको असन्तुष्टि
अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाएको छ ।

ललितपुरमा शुक्रवार सम्पन्न पार्टीको केन्द्रिय कार्य समिति बैठकले सरकारको कामकारबाही सन्तोषजनक नरहेको निष्कर्ष निकालेको हो । बैठकले परिणाममुखि कार्य गर्न पनि सरकारलाई अग्रसर हुन आग्रह समेत गरेको छ । सरकारलाई देश र जनताको पक्षमा परिणामुखि काम गर्नका लागि अग्रसर हुन आग्रह गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

बैठकले सहकारी क्षेत्रमा देखिएको गैर कानूनी कार्यमा संलग्न व्यक्ति तथा संस्थाहरुलाई कानूनी कारबाही गर्न पनि सरकारलाई सचेत गराएको छ । त्यसैगरी वित्तीय नीतिमा सुधार गर्दै आम उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साहित बनाउने तथा उत्पादन वृद्धिमा ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । कृषि क्षेत्रको सुधार गरी मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशातर्फ कदम चाल्न पनि सरकारलाई बैठकले सुझाव दिएको प्रवक्ता खतिवडाले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी परिणाममुखि कार्य गर्नका लागि अग्रसर हुन सरकारलाई आह्वान गर्दछ । र, प्रधानमन्त्रीले अब उप्रान्त नयाँ गतिका साथ लोकतन्त्रको सुदृढीकरण गर्दै जनमुखि दिशामा सरकार सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकोमा स्वागत गर्दछ । नेपालको तीन खम्बे अर्थनीति मध्ये एउटा खम्बाको रुपमा रहेको सहकारी क्षेत्र आज दिनानुदिन संकटग्रस्त बन्दै गएकोमा हाम्रो पार्टी गम्भिर चिन्ता व्यक्त गर्दछ । कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको र बचतकर्ताको निक्षेपको अपचलन गरी जनताको ठूलो धनराशी आर्थिक तथा वित्तीय अपराध गरेको दुःखद् घटनाहरु सार्वजनिक भईरहेको छ । हाम्रो पार्टी सहकारी क्षेत्रमा आर्थिक अनुशासन कायम गर्न र जनताको सम्पत्ति डुब्न नदिन नेपाल सरकारले सशक्ति अनुगमन र नियमन गर्न तथा आवश्यक कानुनहरुको निर्माण गरी सही दिशा दिन जोडदार माग गर्दछ । र दोषीहरुलाई कारबाही गर्न माग गर्दछ ।

यसै सन्दर्भमा हालसालै पोखरा, चितवन तथा देशका विभिन्न मागमा संचालित सहकारीहरुले वचतकर्ताहरुको अर्बौंको रकम दुरुपयोग गरेको प्रति यो बैठकको गम्भिर ध्यानाकर्षण भएको छ । यी र यस्तै प्रकारका सहकारी क्षेत्रमा गरिएको गैरकानुनी कार्य गर्ने संस्था तथा व्यक्तिहरुलाई निष्पक्ष छानविन गरी यथाशिघ्र कानूनी कारबाही गर्न सरकारसँग माग गर्दछ । विप्रेशन तथा पर्यटनको क्षेत्रमा आएको वृद्धिसँगै मुलुकको अर्थतन्त्रका सूचकहरुमा थोरै सुधारको संकेत देखिएको भएतापनि व्यापारमा आएको गिरावट, कर्जा न्यून हुन गई तरलतामा भएको वृद्धि, पूँजी बजारमा देखिएको अस्थिरता र मुद्रा स्फितिले उपभोक्ता र लगानीकर्ताहरु विश्वस्त हुन नसकेको अवस्थालाई ध्यान दिई सरकारको वित्त नीतिमा अझै सुधारको आवश्यक्ता देखिएको हुँदा यो बैठक उपभोक्ता र लगानीकर्ताहरुलाई उत्साही बनाउने तथा उत्पादन वृद्धि गर्नेगरी सरकारी वित्त नीति बनाई अर्थतन्त्र चलायमान बनाउने दिशामा जान सरकारलाई आह्वान गर्दछ ।

किसानहरुले सरकारबाट पाउनुपर्ने दुधको भुक्तानी पाउन नसकेकोले कृषक तथा व्यवसायीहरुलाई निराश बनाएको देखिन्छ । जसले आन्तरिक अर्थतन्त्रमा शिथिलता ल्याएको छ । सो रकम तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न यो बैठक सरकारसँग जोडदार माग गर्दछ । साथै नेपालको कृषि क्षेत्रको सुधार गरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, देशको आर्थिक वृद्धि गरी रोजगारी सृजना गर्न तथा व्यवसायिक कृषि अर्थतन्त्रको पूर्वाधार तयार गर्नका लागि नेपाल सरकारले जनताले उत्पादन गरेका उपजहरुको न्युनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी, भण्डारण गरी , प्रशोधन गरी ब्रान्डिङ तथा बजारीकरण गर्ने व्यवस्था मिलाउन जोडदार माग गर्दछ ।’

नेकपा एसले जनताले उत्पादन गरेका कृषि उपजहरुको न्युनतम समर्थन मूल्य तोकेकोमा सो मूल्यमा खरिद गरी त्यसको बजारीकरणको आवश्यक्ता व्यवस्था मिलाउन सरकारसँग दबाब पनि दिएको छ ।